लाक्पा कुमारी शेर्पा को कथा : फेसबुकको प्रेम – भाग : १ हेर्नुहोस “भिडियो” सहित

Salyan Paribesh , ४४४  पटक हेरिएको

+2 सकेर अफिसमा सानो काम गर्दै पढाई पनि अघि बढाउदै थिए । बुबा पेशाको हिसाबले शिक्षक हुनुहुन्छ ।
दाइ बिबाह पछि काठमाडौ मै बस्दै आउनु भएको थियो । आमा घरको काममा ब्यास्त,, अनि म अफिस देखि घर अनि फेरि घर देखि अफिस , बाहिर निस्कने समय मिलेकै थिएन । एक दिन प्रकाशले फोन गरेको रहेछ,, मैले थाहा नै पाइन ।
प्रकाश र म दुइ बर्ष सगै कलेज पढेका थियौ । उ पढाई सकेर गाउँ गएको थियो हाम्रो कुरा नभएको धेरै भएकोले उस्ले फोन गरेको हुन सक्ने अनुमान लाए ।

मैले पनि उसग छुटे पछि फोन गर्ने मौका नै पाएको थिइन । अनि म आफैले फोन गरे राम्रोसग रिङ बज्न नपाउदै फोन उठयो । मैले हेलो भन्न मात्र के लागेको थिए । उतैबाट आवाज आयो । के हो सन्देश साप्कोटाको फोन उठन गार्हो हुन थालेको छ नि ? किन होला कुन्नी ? उस्ले म प्रती पुरै हक जमाउदै भन्यो । मैले नि उसैगरि भने दुइपटक फोन गरेर चार दिन सम्म पुग्ने गरि गाली नगर यार,, बरु भन गाउको खबर के छ ?

तलाइ भेट्न मन लागेको छ अरु ठिकै भन्नू पर्ला । प्रकाश रिसाए झै गरि भन्यो ।
मैले पनि अलिक चर्को स्वरमा,, भेट्न आए हुन्छ त ,, भनीदिए । उताबाट ” आउदिन म । बरु फेसबुक चलाउछस भने भिडियो कलमा हेछु मेरो फेसबुक आइडी प्रकाश छेत्री छ तुरुन्तै कल गर ” यति भनेर मैले केही भन्न नपाउदै फोन काटियो । हामी सगै हुदा फेसबुक तिर त्यति ध्यान जादैन थियो । प्रकाशले भर्खर भर्खर देखि फेसबुक चलाउन थालेको कारण हामी फेसबुकमा साथी सम्म थिएनौं ।

म अनलाइनमै थिए त्यसैले उसलाई फेसबुकमा खोज्न थाले । नेपालीमा छ कि अङ्ग्रेजीमा सोध्न नपाउदै फोन काटिएको कारण उसलाई भेट्न गार्हो पर्यो । सुरुमा अङ्ग्रेजीबाट टाइप गरेर हेर्दै गए तर भेट्न सकिन । प्रकाश नामको मान्छे धेरै थिए । मेरो आँखा प्रकाशलाई छोडेर प्राप्ती साक्यमा गएर अडियो । प्रोफाइलको फोटोले मेरो ध्यान त्यतै तान्यो । प्रोफाइलमा दुइजना मन्दिर अगाडि एक जनाले निलो कुर्था र अर्को जनाले पहेलो रङको साडीमा पुजाको थाली दुबै जनाले समाएर उभिएका थिय। फोटो लाइ अगाडी ल्याएर हेरे । आमा छोरी हुनुपर्छ ,, मनले एस्तै अडकल काट्दै फोटो सेभ गरे ।

कुनै नाता , सम्बन्ध बिना नै मन पर्यो भन्दैमा अपरिचित मान्छेको फोटो लाई आफ्नो फोनमा सजाएर राख्नु सायद
हुन्थेन होला तर मन न हो । कहाँ मान्छ र ! फेसबुक आइडी आमाको हो कि छोरीको सोच्दै प्रोफाइल खोलेर हेर्न थाले । बायोमा लेखिएको थियो ” मेरो आइडि लाइ माया गरेर निशुल्क भ्रमण गर्न आउनु भएकोमा धन्यवाद ” बायो पढेर हासो लाग्यो । मन मनै भने । खोजेर होइन मन पराएर आउनु भएकोमा भनेर लेखेकी भए हुने थियोे ।

फेसबुकमा भएको सबै फोटो हेरे उ सगै बस्ने उस्कै आमा हुनुहुदो रहेछ मेरो अनुमान सहि निस्कियो आज सम्म कुनै केटिको पछि नलाग्ने म आज आएर अपरिचित मान्छेको प्रत्येक फोटो हेर्दै थिए । धेरैसग बोले तर मनले मन पराएको आज सम्म भेटेको थिइन कति केटिहरुले बोलाउदा पनि बाल नदिने म खै किन आज आफ्नै साथीलाई खोज्न छोडेर बाटो बिर्सिएर हिडेको यात्री झै गरि हराउदै थिए ।

कति कति केटि हरुलाई एकोहोरो जबाफ बाहेक धेरै बोल्न मौका सम्म दिएको थिइन । म्यासेज गरेर दिक्क लाउने लाइ
म संदेशको केटि हु किन म्यासेज गरेको ? भनेर झुट बोल्दै टाढा हुने गर्थे । ध्यान कलेज पढ्ने केटाहरू र बाहिर घुम्न जानू बाहेक मनले केही सोच्दैन थियो ।

अचानक प्रकाशले फोन गर्दा झसङ्ग भए ,, फोन उठाएर उसैलाइ सोध्नु पर्यो भन्ने सोचेर फोन उठाए । “के हो केटा फेसबुकमा फोन गर भनेको मात्र के थिए । साइबर नै पुगिस कि क्या हो ” फेरि पनि प्रकाशले थर्काउदै थियो । भेटिन मैले नाम के छ ? नेपाली मा कि अङ्ग्रेजीमा भनेर सोध्नु पर्ने ,, नाम के छ भन्न पुगेछु ।

प्रकाशले ए अनुहार नपरेको बादर मेरो नाम पनि बिर्सिने गरि ध्यान कुन केटि तिर छ ? प्रकाशले मनकै कुरा बुझे झै गरि भन्यो । नेपालीमा प्रकाश छेत्री खोजेर म्यासेज गर भन्दै फोन काट्यो । भन्न मन थियो आफैले मलाई खोजेर म्यासेज गर्दा पनि हुन्छ भनेर । फोन नै काटीसकेकोले म आफैले खोज्न थाले यो पटक एकै चोटिमा भेटे । अनि म्यासेज गरिहाले ।।फोन उतैबाट आयो,, पहिला भन्दा अलिक दुब्लाएछस छिटो एतै आइज भन्दै गर्दा उस्ले नि भन्यो सहरको भएर हामीलाई बिर्सिने भएछस हुन त म गाउँमा बस्ने किन याद गर्थिस र ! प्रकाशको कुराले रिस उठेर आयो रिसाउदै भने मैले आज सम्म त गाउको होस भनेको छु ? त्यही पनि त मेरो मिल्ने साथी मैले कसरी भुल्न सक्छु र । सहानुभूति प्रकट गर्दै भने । उताबाट भइगो तैले बिर्से पनि यो प्रकाशले कहिले भुल्दैन । प्रकाश ठुलो स्वरमा भन्दै थियो । निकै बेर सम्म बोलेर फोन काटे । फेरि ध्यान त्यही अघिको मुस्कुराइ रहेको केटिको फोटो तिर गयो ।

अनि फ्रेन्ड रिकोइस्ट पठाए हे भगवान एसेप्ट होस है मन मनै कामना गरे । त्यस पछि सिधै म्यासेज पठाउने बिचार गर्दै हेलो भनेर म्यासेज टाइप गरेर पठाइहाले । फेरि पनि टाइप गरे एकपटक बोल्नु ल काम छ ।
तर यति हतार गर्नु हुन्न ,, मनले भन्यो अनि फेरि त्यसलाइ मेटाएर खाना खान किचन तर्फ लागे आमाले अघिबाट बोलाउनु भएको रहेछ थाहा नै पाइन । खाना खान बोलाउदा आउदैनस के भयो ? आमाले सोधिहाल्नु भयो । केही भएन बरु खाना दिनु भनेर कुर्सी तानेर बसे खाना खाएर सुत्नु ,, मैले अघि नै खाइसके भनेर आमा कोठा तिर जानू भयो ।

म पनि छिटो छिटो खाएर कोठा पुग्ने बितिकै फेसबुक खोले । सिधै प्राप्ती च्याट बक्समा गए ,, तर म्यासेज सेन्ट मात्र भएको थियो । भोलि सम्म पर्खन्छु कतै म्यासेज पो आइहाल्छ कि भन्ने सोच्दै सुते । जुन कुरा मन पर्छ पाउछु कि भन्ने आशा प्राय सबैको मनमा हुदो हो । मेरो जिबनमा पनि त्यस्तै लागू गर्दै थिए । थाहा थिएन मैले सहि गर्दै छु कि गलत गर्दै छु ।

तर आशाको दियो निभ्नु दिनु हुन्न भन्ने लाग्यो । भोलि बिहानै उठेर क्याफे सम्म गए । फर्किदा नौ बज्न लागेको थियो । अफिस जानू पर्ने भएकोले तयार हुन थाले । तर त्यो भन्दा पहिला फेसबुक खोले । मलाई अरु कुराको भन्दा पनि प्राप्तिको म्यासेजको आशा थियो । मैले पठाएको म्यासेज सिन भइसकेको थियो । तर म्यासेजको रिप्लाई थिएन । म्यासेज सिन भएकोले मनमा थोरै भए पनि आशा पलायो । हुन त बोलाउदैमा बोल्नै पर्छ भन्ने हुदैन । तर मेरो मन खै कस्तो कस्तो
भएर आयो । म्यासेज सिन गरेर छोड्दा भन्न मन लाग्यो ।राम्री मान्छेलाई बोल्ने समय छैन र ? टाइप गरे अनि फेरि मेटाए सबै केटिहरुलाइ कहाँ फ्लट गरेको मन पर्छ र ।

आफैलाइ समाल्दै हेलो प्राप्ती ! हजुरसग एउटा कुरा गर्नु छ एक पटक बोल्नु होला । यति टाइप गरेर म्यासेज पठाए अनि अफिस तिर लागे । उस्ले के कुरा हो ? भनेर सोधीन भने के भन्नू भनेर सोच्दा सोच्दै अफिस पुगे । मैले उस्को एउटा फोटो फेसबुकबाट तानेको थिए । त्यही फोटो हेर्न थाले । सेतो कुर्थामा कपाल फुक्का छोडेकी , निधारमा रातो टीका , असाध्यै सुहाउने त्यो रुप … म केही बेर सम्म एक टकले हेरि रहे । एक जना स्टाफले मेरो अनुभव महसुस गरेको हुदो हो । सन्देश जि आज निक्कै ब्यस्त देख्छु के भयो ? मुसुक्क मुस्कुराएर आफुलाइ समाल्दै केही भएन एकदमै ठिक छ । भनेर जबाफ दिए

क्रमशः,,,

बाकि अर्को भाग मा

लेखक: लाक्पा कुमारी शेर्पा

यो कथाको भिडियो हेर्न यहा क्लिक गर्नुहोस

प्रकाशित मिति: २०२२-०१-१३ , समय : १४:३५:१६ , १ वर्ष अगाडि