Salyan Paribesh , १७०४ पटक हेरिएको

सल्यान / जेठ, १३ रोल्पा र सल्यानको सिमाना पातिहाल्न बाट दाङ तुलसीपुरको लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबाहक बस बागचौर नगरपालिका वडा नं. २ जङ्गार खाेला नजिक दुर्घटनामा परेकाे ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।
३४ जना सवार उक्त गाडीमा ७ जना भने घाइते भएका छन। घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ दहखोलाकि २२ वर्षिय अन्जना गिरी, गंगादेव गाउँपालिका ३ रोल्पाकि ५८ वर्षिय दिलकुमारी खड्का, बागचाैर नगरपालिका ८ कोटमाैलाकी ६३ वर्षिय चम्फा ढकाल, बागचाैर नगरपालिका ८ कोटमाैला ४८ वर्षिय अजमत कामी, साेहि ठाउँका ३६ वर्षिय दिपक याेगी, ७५ वर्षिय लिलानाथ याेगी र बागचौर नगरपालिका ९ कि २३ वर्षिय मनिसा भण्डारी रहेका छन।
सोही सडकमा बिहान टिप्पर दुर्घटना भएको र साघुरो र ओरालो बाटोको कारण चालक गाडीलाई गेरमा राखेर बाहिर निक्लेको कारण दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: २०२२-०५-२७ , समय : ०९:३६:४४ , २ वर्ष अगाडि