Salyan Paribesh , ६०९ पटक हेरिएको

सल्यान / जेठ,१३
रुपन्देहीको नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए ।
बिहान ११ बजेर ५५ मिनेटमा लागेको आगो नियन्त्रणमा आएको उनले बताए । बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका २ वटा ट्यांकरमा आगो लागेको उनले बताए ।
अहिले डिपो पूर्ण रुपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको उनले बताए । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२२-०५-२७ , समय : १०:२७:३२ , १ वर्ष अगाडि