Salyan Paribesh , १८४३ पटक हेरिएको

सल्यान / जेठ, १३ – तुला राम डाँगी क्षेत्रि
भिसन असिना द्वारा सर्बनास तुल्यायको कपुरकोट ४ रावत टोल, गाडापानी ,चिन्नेखोला का कृषक हरुका खेतबारीमा स्वयम् प्रकाश भण्डारी पुगेर कृषक हरुलाई केहि प्रोत्साहन दिएका छन् ।
साथै यस दु:खद घडीमा धैर्य गरि आगामी कृषि कर्ममा अगाडि बड्नुहुन सम्पुर्ण कृषक बर्गमा अपिल गर्दै कपुरकोट गाउपालिका सदैब किसान हरुको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानिय चुनाब लगतै आफ्नो पदग्रहण गरेका प्रकाश भण्डारीका ८ काम हरु
१-साझेदारी मन्चको बैठक मा सहभागिता।
२-स्वास्थ साखा को प्रगति समिक्षा बैठक मा सहभागिता ।
३- सामाजिक सुरक्षा भत्ता लाई ओडा स्तर बाट प्रवाह गर्ने सम्बन्ध मा सम्बन्धित बैंक प्रतिनिधि सङ्ग महत्त्वपूर्ण छलफल ।
४- टिप्पर हरुका कारण कोइला – कपुरकोट खन्डको सडक बिनास र जनजीवन माथी परेको नकारात्मक प्रभाव नियन्त्रण का सम्बन्ध मा गम्भीर छलफल ।
५- जीवन ज्योति मा बि रिम को नमुना बिद्यालय पुर्बाधार कार्यक्रम को प्राबिधिक अनुगमन ।
६- ओडा नम्बर ६ को कार्यालय अनुगमन को साथमा जनप्रतिनिधि र कार्यरत कर्मचारी हरु सङ्ग अन्तर्कृया ।
७-निर्मानाधिन सिनबाङ्ग स्वास्थ केन्द्र भबन को अनुगमन ।
८- सरस्वती आ बि रातामाटा को निर्मानाधिन भबन को अनुगमन का साथमा सरोकार वाला सङ्ग अन्तर्कृया ।
अझै काममै रहेको उहाको भनाइ छ ।
प्रकाशित मिति: २०२२-०५-२७ , समय : २०:०४:५३ , १ वर्ष अगाडि