Salyan Paribesh , ७१७ पटक हेरिएको
१ झुन्ड्याएर सूलीमाथि टाँसी दिनुपर्छ
बलात्कारी पापीलाई त फाँसी दिनुपर्छ
नारीको शरीर लुछ्ने पिपासु जतिको
बैंसले उन्माद पार्ने अङ्ग मासी दिनुपर्छ ।
२ देशैभरि हत्या हिंसाले महिला डराउँदा मौन छ सरकार
मलहहम छैन घाइतेको घाउ चहराउँदा मौन छ सरकार
अपराध बढ्दै छ दिनहुँ छैन कतै सुरक्षा पीडितलाई
गाउँ टोल बस्तीमा कठै बलात्कृत कराउँदा मौन छ सरकार ।
३ अन्याय गर्नु भन्दा सहनु गलत हो सब प्रमाण जुटाउनु
झुटो आवरण जताएर समुदाय जोडी त्यसलाई थुकाउनु
न्याय हराएको मेरो देशमा कलमको तागतले पुग्दैन
दोषीलाई सजाय दिलाउन आफैले बन्दुक उठाउनु ।
४मालीबाट नै यहाँ फूलहरुमाथि हमला हुन्छ
उदास फूलहरुमा पनि मुस्कुराउने कला हुन्छ
निरङकुश मौलाएको छ यी भाले जातिहरुमा
जीवजन्तुमा समेत पोथी जाति नै अवला हुन्छ ।
कल्पना पौडेल “जिज्ञासु”
खजुरा, बाँके
प्रकाशित मिति: २०२२-०५-२८ , समय : ०५:००:१९ , २ वर्ष अगाडि