७० वर्षीया वृद्धलाई कुटपिट गर्ने ७ बर्षिया बालक पक्राउ

Salyan Paribesh , ४३८  पटक हेरिएको

                                                                              दिल बिक्रम शाही
सल्यान जेठ १४|बाग्चौर नगरपालिका १० भाटभिटेस्थित आफ्नै घरमा बसिरहेकी ७० वर्षीया तुलसा बस्नेतलाई कुटपिट गरी गम्भीर घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेस्वरी गाउँपालिका–४ जयचौर घर भएका ७ वर्षीया तेजेन्द्र ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

भारतबाट घर फर्कने क्रममा छत्रेस्वरी गाउँपालिका १ दमाचौरस्थित ससुराली जाने क्रममा ओलीले आफ्नै घरमा बसेकी बस्नेतलाई मन्दिरमा प्रयोग गरिने घन्टीले हिर्काएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काले बताए । उनका अनुसार कुटपिटबाट घाइते भएकी वृद्धाको टाउको, छाती र पिठयुमा गहिरो चोट लागेको छ ।

घाइतेलाई श्रीनगरस्थित एक सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको र कुटपिट गरी पक्राउ परेका ओलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । ‘कुटपिट गर्ने ओली मानसिक रोगी भएको बुझिएको छ,’ उनले भने ।

केही दिनयता कुटपिटका घटनामा संलग्न ८ जना पक्राउ परिसकेका उनको भनाइ छ ।

प्रकाशित मिति: २०२२-०५-२८ , समय : ०५:१९:४४ , १० महिना अगाडि