Salyan Paribesh , ६१० पटक हेरिएको
घोराही-१४ जेठ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको गोलि घाँटीमा लागेको छ ।
घटनामा संलग्न रहेको भन्दै ८ जनालाई प्रहरीले हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
प्रकाशित मिति: २०२२-०५-२८ , समय : ०५:५३:१७ , १ वर्ष अगाडि