प्रचण्डले दिए एक्लै चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चुनौती

Salyan Paribesh , ५६८  पटक हेरिएको

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको सहयोग बिनै चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई चुनौती दिएका हुन । विहीवार एमाले अध्यक्ष ओलीले आफुहरु कसैको बैशाखी टेकेर अघि नबढ्ने भनेर प्रचण्डलाई कटाक्ष गरेपछि प्रचण्डले त्यसको जवाफ दिएका हुन ।
प्रतिपक्षी दलको नेताले एक्लै प्रधानमन्त्री भएको भ्रम हटाईदिनुस । पहिलो पटक माओवादीको सहयोगमा तपाइँको भाषामा बैशाखी टेकेर र दोस्रो पटक माओवादीको भोटले प्रधानमन्त्री भएको हो ।’ प्रचण्डले ओलीलाई भने– अबको चुनावबाट एक्लै प्रधानमन्त्री भएर देखाउनुस मानिन्छ ।’
प्रचण्डले ओलीका अभिव्यक्तिको कडा प्रतिवाद गरे । आफूले दुई दुई पटक प्रधानमन्त्री बनाएकोले बैशाखीका कुरा नगर्न पनि प्रचण्डले चेतावनी दिए । जसको सहयोगमा दुई पटक प्रधानमन्त्री बन्नुभयो, मेरो अगाडि कम्तीमा त्यस्तो कुरा नगर्नुस । ’ प्रचण्डले भने ।
ओलीमा अहिले पनि अंहकार र दम्भ उस्तै रहेको भन्दै आलोचना गरे । ‘यत्रो समय भयो उहाँले अस्ति वाम एकताको वातावरणको कुरा गर्न होला, आत्मालोचना गर्नुहुन्छ, समीक्षा गर्नुहुन्छ भन्ने लागेको थियो, तर तीनघण्टासम्म शुरु देखि अन्त्यसम्म गाली र अरुलाई बदनाम गर्नतिरै लाग्नुभयो ।’ प्रचण्डले भने– उहाँ अहंकार र दम्भबाट पछि हट्नुभ्एको छैन । ओलीको अंहकार र दम्भी प्रवृत्ति नहने हो भने आफूलाई एमाले नेता कार्यकर्र्तासित मिलेर काम गर्न कठिन नभएको पनि उनले बताए ।

प्रकाशित मिति: २०२२-०५-२८ , समय : ०६:५२:०६ , १ वर्ष अगाडि