शारदा खोलामा मलामी गएका बहादुर शाहीको नुहाउने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु

Salyan Paribesh , ६९४  पटक हेरिएको

सल्यान/जेठ,१४
सल्यानमा मलामी गएका एक जना ब्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका १४ च्याउखोलाका अन्दाजी ३७ बर्षिय बहादुर शाहीको नजिकैको शारदा खोलामा मलामी गएको बेला नुहाउने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।

उनी स्थानीय ब्यक्तिको मलामीमा सिद्धकुमाख गाउँपालिकाको ढोरचौर नजिकै शारदा खोलामा गएका थिए।

मलामी गएकै बेला खाडलमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

उनले धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०५-२८ , समय : १५:४३:४३ , १० महिना अगाडि