Salyan Paribesh , १०५० पटक हेरिएको

नेपाली मनोरञ्जन क्षेत्रमा ‘विवाह’को सबैभन्दा लामो समय प्रश्न अभिनेता राजेश हमालले खेप्नु पर्यो। प्रश्नहरुका घुमाउरा उत्तर दिदै जीवनको झण्डै ५ दशक यात्रा एक्लै गरे। त्यसपछि विवाह गरेका हमाल अहिले ‘विवहा कहिले’ भन्ने प्रश्नबाट जोगिएका छन्।
आफू विवाहको प्राविधिक तयारीमा रहेको खबर सार्वजनिक भएपछि गायक राईले त्यसको खण्डन गरे। भर्खरै बेल्जियम यात्रा सकेर काठमाडौं फर्किएका राईले आफू यात्रामै ब्यस्त भएकाले विवाहको कुनै तयारी नरहेको उल्लेख गरे।
उनले आफ्नो विवाहका बारेमा सार्वजनिक भएका समाचारलाई नकारात्मक रुपमा भने लिएका छैनन्। भन्छन् ‘सबैलाई मेरो विवाह होस् भन्ने चाहाना छ। यसलाई मैले उहाँहरुको मायाका रुपमा लिएको छु।’
यस अघि पनि गायक राईको नाम थुप्रै सेलिब्रेटीसँग जोडियो। अहिले उनीसँग नाम जोडिएका सबै सेलिब्रेटीको विवाह भइसकेको छ। तर यस पटक नाम जोडिएकी युवतीसँग भने राजेशले मन दुखाएका छन्।
आफूसँग नाम जोडिएकी युवतीका बारेमा बोल्दै राजेश भन्छन् ‘मेरो धेरै जनासँग नाम जोडियो। ती सबै सेलिब्रेटी थिए। तर अहिले जोसँग नाम जोड्नु भयो उनी एक सामान्य परिवारकी युवती हुन्। भोली उनीसँग मेरो विवाह भएन भने त्यसको जवाफदेहिता कसले लिन्छ?’ उनले भावुक हुँदै भने ‘मैले यो क्षेत्रमा यतिका वर्ष लगानी गरेको कदर यस्तै समाचारले हुन्छ।’
प्रकाशित मिति: २०२२-०५-२९ , समय : ०३:४७:०० , १ वर्ष अगाडि