Salyan Paribesh , ८४३ पटक हेरिएको

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट सरकारले आज आइतबार संघीय संसदमा प्रस्तुत गर्दैछ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
चुनावी वर्ष भएकाले सरकारले सकेसम्म मतदातालाई रिजाउने खातको बजेट तयार पारेको अर्थमन्त्रालय स्रोतले बताएको छ । यसैबीच सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ । यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने भनेका थिए । तथापि यसको विरोध भएपछि यो उमेर ६८ वर्ष कायम गर्न लागिएको स्रोतले बतायो । निजामती कर्मचारीको तलब वृद्धिमा पनि सामान्य वृद्धि गर्ने तयारी आर्थमन्त्रालयको छ ।
प्रकाशित मिति: २०२२-०५-२९ , समय : ०३:५३:१४ , २ वर्ष अगाडि