जिल्ला समन्वय समिती जाजरकोटको प्रमुखमा खडक बिसी नै किन?

Salyan Paribesh , १११२  पटक हेरिएको

जाजरकोट जेठ १५। नेपालमा २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। सोही अनुसार जाजरकोट जिल्लामा पनि ७ वटै स्थानीय तह निर्वाचन नतिजा सार्बजनिक भैसकेको छ ।जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा पालिका बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका, जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादीको गठबन्धन रहेको थियो भने कुशे गाउँपालिकामा नेपाली काङ्ग्रेस एक्लै चुनाव लडेको थियो। जसमध्ये नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको पालिकाहरु निम्नानुसार छन।
१)शिवालय गाउँपालिका अध्यक्ष- शेर बहादुर शाही
२)छेडागाड नगरपालिका प्रमुख- रत्न खड्का
३) जुनिचादे गाउँपालिका उपाध्यक्ष – बिरेन्द्र शाही
४)भेरी नगरपालिका उपप्रमुख -सीता गौतम
५)नलगाड नगरपालिका उपप्रमुख – सरिता सिंह
६) कुशे गाउँपालिका अध्यक्ष- हरिचन्द्र बस्नेत
७)कुशे गाउँपालिका उपाध्यक्ष – देविका कुमारी सिंह
नेकपा माओवादीले बिजय हासिल गरेको पालिकाहरु निम्नानुसार छन।
१)नलगाड नगरपालिका प्रमुख -डम्मर बहादुर रावत
२)शिवालय गाउँपालिका उपाध्यक्ष- गिता शाही
३)छेडागाड नगरपालिका उपप्रमुख -चन्द्र बहादुर थापा
४)बारेकोट गाउँपालिका उपाध्यक्ष- नर बहादुर गिरि
नेकपा एमालेले बिजय हासिल गरेको पालिकाहरु निम्नानुसार छन।
१) जुनिचादे गाउँपालिका अध्यक्ष- बेद बहादुर शाही
२) भेरी नगरपालिका प्रमुख – चन्द्रप्रकाश घर्ति मगर
३) बारेकोट गाउँपालिका अध्यक्ष – वीर बहादुर गिरि
जिल्लाभर निर्वाचन सम्पन्न पश्चात जेष्ठ १५ गते कार्यपालिका सदस्यको लागि निर्वाचन हुदैछ। कार्यपालिका सदस्यको लागि पनि गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता भै निर्वाचन सम्पन्न हुदैछ । कार्यपालिकाको निर्वाचन पश्चात जिल्ला समन्वय समितिको निर्वाचन हुदैछ। स्थानीय तहहरुको अन्तिम नतिजा सार्बजनिक भएको मितीले एक महिना भित्र निर्वाचन सम्पन्न हुने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समितिको लागि नगरपालिका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष हरुले मात्र भोट हाल्न पाउँछन। जिल्ला समन्वय समिती जाजरकोट ९ सदस्यीय रहनेछ । जसमा एक प्रमुख, एक उपप्रमुख र ७ जना सदस्य समाबेशी सिद्दन्तका आधारमा निर्वाचित हुनेछ्न । अहिलेको अवस्थामा जिल्ला समन्वय समितीको लागि पनि गठबन्धन पार्टीहरुको गठबन्धन हुने निश्चित देखिएको छ। किनभने जिल्लामा एक्लै बहुमत कुनैपनी पार्टीले ल्याउन सक्ने अवस्था छैन। १४ वटा मतमध्ये नेपाली कांग्रेस ७, नेकपा माओवादी ४ र नेकपा एमालेको ३ मत रहेको छ।
जिल्लाको निर्वाचन नतिजाको आधारमा गठबन्धन पार्टीहरु एक भएर चुनावमा जाने पक्का पक्की भएको छ। जसअनुसार गठबन्धन पार्टीको नेता कार्यकर्ताहरु चुनावी तालमेलको लागि सहमती जुटाउन लागिरहेका छन। जिल्ला समन्वय समितिको लागि नेपाली कांग्रेसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुख पदसङ्गै सदस्यहरुको बाडफाड हुने पक्का देखिन्छ।जिल्ला समन्वय समिती प्रमुखको लागि नेपाली कांग्रेसको तर्फबाट पार्टीका जिल्ला उपसभापति खडक बहादुर बुढाले दावी गर्ने बुझिएको छ। उपसभापति बुढानै समन्वय प्रमुखको लागि जिल्लाकै सबैभन्दा बलियो उम्मेदवार रहेका छन। बुढा शिवालय गाउँपालिका वडा नम्बर ९ बाट लोकप्रिय मत सहित सदस्यमा निर्वाचित भएका हुन। जिल्ला समन्वय समिती जाजरकोटको प्रमुखमा खडक बिसी नै किन?
१)नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति जाजरकोट पार्टीको जिल्ला तहमा दोस्रो बरियतामा रहेकोले।
२) स्थानीय तहको निर्वाचन २०७४ मा शिवालय गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले पराजित भएकोले।
३)भर्खरै सम्पन्न स्थानीय तह २०७९ मा नेपाली काङ्ग्रेसको तर्फबाट शिवालय गाउँपालिकाको टिकट प्राप्त गरेको तर पार्टी भित्रको सन्तुलनका लागि टिकट त्याग गरि पालिका नेतृत्व सहित बहुमत प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले।
४) करीव २ दशक भन्दा बढी संगठन निर्माणमा निरन्तर लागिरहेको एक सम्भावनायुक्त युवा ब्यक्तित्व भएकोले।
५) समकालीन राजनितीमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकोले।
६)जिल्लामा अन्य राजनैतिक दलसँग समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने भएकोले ।
७) पार्टीभित्र सबै तहका नेतृत्व र आम जनमानसमा परिचित र लोक प्रिय भएकोले ।
८) जिल्लाको भूगोलसँग परिचित भएकोले।
९) जिल्लाको संगठन र राजनितीमा प्रभावशाली ब्यक्ति भएकोले।
१०) राजनीतिमा बिरासत भन्दा भूमिकामा बिश्वास गर्ने भएकोले ।
११)जिल्लामा केन्द्रीय तथा प्रदेश स्तरीय नेता कार्यकर्ता हरुसङ्ग राम्रो समन्वय भएकोले।
१२)जिल्लामा केन्द्रिय तथा प्रदेश स्तरीय नेता कार्यकर्ताहरुसङ्ग राम्रो पहिचान भएको ।

प्रकाशित मिति: २०२२-०५-२९ , समय : ०४:५५:११ , १ वर्ष अगाडि