Salyan Paribesh , ५४४ पटक हेरिएको
दिल बिक्रम शाही जाजरकोट जेेेेठ १५: यो समयमा गित संगीतहरुले बजार तातिएको छ।दिनानुदिन गित बजारमा आउने गरेका छन्।यसै क्रममा स्मृती तामाङ्को पहिलो लोक दोहोरी गीत “दिक्क लाउछ यार” बजारमा सार्बजनिक भएको छ ।
जुन गीतमा माया प्रेममा हुने मिलन बिछोडको भाब प्रस्तुत गरिएको छ।
अहिलेका चर्चित कलाकार अर्जुन सापकोटा र स्मृती तामाङ्ले स्वर दिएका छन्। जुन गितमा शब्द लय सिर्जना चर्चित गित “आँसुको कारखाना,चिहान” लगायतका थुप्रै लोक दोहोरी गितका गितकार मन्जित पहाडीले गरेका छन्।उक्त गीत पानस फिलिम्स मार्फत बजारमा आएको छ।
निशान बानियाको निर्देशनमा रहेको भिडियोमा सुरेश श्रेष्ठले छायांकन गरेका हुन्। भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।
भिडियोमा मुख्यतया अर्जुन सापकोटा र रबिना भण्डारीको दमदार अभिनय देख्न सकिन्छ ।जुन गितलाई पानस फिलिम्स युटुब च्यानल बाट राखिएको छ।
पुरा भिडियो हेर्न तलको लिंक किलिक गर्नु होला । https://youtu.be/drF5V2rdfhA
प्रकाशित मिति: २०२२-०५-२९ , समय : ०५:२९:१० , ८ महिना अगाडि