१९ जना यात्रु बोकेको तारा एयर सम्पर्कबिहिन

Salyan Paribesh , ४२८  पटक हेरिएको

काठमाडौँ — पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

प्रकाशित मिति: २०२२-०५-२९ , समय : ०५:५८:३९ , ८ महिना अगाडि