१५ औं गणतन्त्र दिवस कपुरकोटमा वक्तृत्वकला प्रतियोगीता गरेर मनाइयो

Salyan Paribesh , ११८६  पटक हेरिएको

बादल आचार्य,कपुरकोट गाउँपालिका सल्यान

१५ औं गणतन्त्र दिवसको अवसरमा यस कपुरकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

गणतन्त्र प्राप्ती पछि शिक्षामा भएको परिवर्तन विषयक अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको हो ।
प्रतियोगीतामा जीवनज्योती मावि रीमका छात्रा भुमिका बुढाथोकी पहिलो, विरेन्द्र मावि गर्पाका छात्र हेमराज रावत दोश्रो, नेपाल राष्ट्रिय मावि किमुचौरका छात्रा राधिका बुढा तेश्रो र सोही विद्यलयकै छात्र नविन वली सान्तवना हुनुभएको छ ।
पहिलो, दोश्रो, तेश्रो र सान्तवना हुनेलाईृ क्रमशः दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  यस्तै अन्य प्रतियोगी सहभागीहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।
शिक्षा अधिकृत सरस्वती भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष संगै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, विद्यालयहरुको तर्फबाट नेरामावि किमुचौरका प्रअ सिट्टीसाप विष्टले मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगीतामा मुल्यांकन समितीको संयोजकको भुमिका रमेश कुमार आचार्य, सदस्यहरुमा कर्णवीर खत्री र शोभा कुमारी विष्टले भुमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शंकर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०५-२९ , समय : १२:५२:३७ , २ वर्ष अगाडि