शिवालयको गाउँ कार्यपालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट ३/३ जना सदस्य बिजय

Salyan Paribesh , ९७५  पटक हेरिएको

दिल बिक्रम शाही शिवालय  जेठ १५: स्थानीय तहको निर्वाचन सकिएपश्चात शिवालय गाउँकार्यपालिकाको आज निर्वाचन सम्पन्न भएको छ।निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बिजय भएकाछन।

निर्वाचनमा नेपाली काङ्ग्रेसबाट ३ जना र नेकपा माओवादी केन्द्रबाट ३ जनाको उम्मेदवारी रहेको थियो । ४ जना निर्वाचित सदस्य र २ जना मनोनीत बाट निर्बाचित गर्नुपर्ने गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस तर्फ खुल्ला दलित अल्पसंख्यक सदस्य पदमा शेर बहादुर नेपाली ( बादी)महिला सदस्य पदमा तारा थापा मगर, पुष्पा बि.क.निर्बाचित भएका छन। भने नेकपा माओवादी केन्द्रबाट खुल्ला दलित अल्पसंख्यक सदस्य पदमा लिले सुनार महिला सदस्य पदमा भबिसरा बि.सि, पार्वती बि.क निर्बाचित भएकाछन।

प्रकाशित मिति: २०२२-०५-२९ , समय : १३:०५:४९ , २ वर्ष अगाडि