पिटि अनलाईन न्युजका केन्द्रिय कार्यालय बिदुर-४ नुवाकोटमा उद्घाटन

Salyan Paribesh , ४७४  पटक हेरिएको

सल्यान / जेठ , १५
पिटि अनलाईन न्युजका केन्द्रीय कार्यालय एक सभ्य अनि भव्य समारोहका बिच उद्घाटन गरिएको हो। प्रबन्ध निर्देशक सुन्जित तामाङको सभापतित्व र राम बहादुर लामाको प्रमुख आतिथ्य र सोम बहादुर तामाङको विशिष्ट आतिथ्यमा कार्यालय उदघाटन कार्यक्रम सकिएको हो। उपस्थित प्रमुख,विशिष्ट तथा अतिथिगणहरुले दिप प्रज्वलन गरेर नेपालको राष्ट्रिय गाण श्रवण गरिनुका साथै ज्ञात तथा अज्ञात सहिद योद्दाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

उपस्थित अतिथिगणहरुले शुभकामना मन्तव्य राख्ने क्रममा पिटि अनलाईन न्युजले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ अझै हरेक क्षेत्रमा लुकेर रहेका सामाजिक सत्य,तथ्य घटनाहरु बिभिन्न कार्यहरु पत्रकारीकताको क्षेत्रबाट मात्रै गर्न सक्ने भएकाले नुवाकोटमा मात्रै नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा संचालन गर्दै जाहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

त्यसै गरि नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका अध्यक्ष तथा युवा नेता समाज सेवी सोम बहादुर तामाङले शुभकामना तथा मन्तव्य राख्ने क्रममा राजनितिक सामाजिक तवरले मात्रै नभई पत्रकारीताको माध्यम बाट पनि देश बिकास कार्य गर्न सकिने भएकाले देश बिकास गर्नको लागि स्वतन्त्र रुपमा लाग्न अनुरोध गर्नु भएको थियो । तामाङले पत्रकार नभएको भए गणतन्त्र ल्याउन असम्भव रहेको बताए । विभिन्न ब्यक्तिको बिचार पढ्न पाउने माध्यम पत्रकारीता मार्फत पाउने भएकाले अझै निष्पक्ष तरिकाले अगाडि बढाउन शुभकामना व्यक्त गर्दै भुकम्पको भेलामा होस या कोरोना कहरमा होस नुवाकोटमा रहेका राजनितीक दलहरुलाई झकझकाउने काम पिटि अनलाइन न्युज मार्फत गरिरहेको र गर्दै आइरहेकाले खुशी ब्यक्त गर्नु भएको छ।

साथै नुवाकोटमा चेलीबेटी बेचबिखन गर्ने कार्य तिब्र रहेकाले मनाव बेचबिखन गर्ने कार्य रोक्नको लागि पिटि अनलाइन न्युज लागि पर्न तामाङले आग्रह समेत गर्नु भएको छ ।

प्रवासमा रहेका नेपाली श्रमिक हरुको अवाजको रुपमा रहेका अनलाईन २०७५ सालमा नेपाल सरकार संग दर्ता भइ वैधानिक रुपमा संचालन हुदै आइरहेका थिए । सम्पर्क कार्यालय काठमाडौँ संचालन गर्दै आइरहेको भए तापनि विविध कारण बस केन्द्रिय कार्यालय भने स्थापना गर्न सकिरहेको थिएन ।

प्रकाशित मिति: २०२२-०५-२९ , समय : १५:३३:१६ , २ वर्ष अगाडि