तारा एयरमा ज्यान गुमाएका भारतका एकै परिवारका पति,पत्नि र छोरा,छोरी

Salyan Paribesh , ९३५  पटक हेरिएको

आइतबार दुर्घटनाग्रस्त तारा एयरलाइन्सको विमानको भग्नावशेष आज फेला परे लगत्तै देश नै शोकमा डुबेको छ ।
देश शोकमा डुबिरहेका बेला १४ जनाको शव फेला परेको छ ।

विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए । नेपाल भ्रमणमा आएका ठाणेका अशोक त्रिपाठी आफ्नीस् पत्नि वैभवीसँग डिर्भोस गर्ने तयारीमा रहेको र फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेका कारण घुम्नका लागि नेपाल आएका थिए ।

अशोकसँग पत्नि र छोरा धनुष र छोरी ऋतिक त्रिपाठी पनि यात्रामा सँगै थिए । डिर्भोसका क्रममा रहेका अशोककी पत्नि एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्छिन् ।

छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा छिन् । अशोक एचआर कन्सल्टेन्सी फर्म संचालन गर्दै आएका छन् ।

उनी पाँच दाजुभाइमध्ये चौथो हुन् । उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएपछि पूरै परिवार राति अबेर ठाणे पुगेको बताइएको छ । विमान दुर्घटनाको जानकारी पाएपछि वैभवीको घरमा वृद्ध आमाको रुवाबासी भएको छ ।

उनको रुँदा रुँदा उनीको हालत खराब छ । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै छिन् ।’

प्रकाशित मिति: २०२२-०५-३० , समय : १३:०६:१५ , १ वर्ष अगाडि