Salyan Paribesh , ८२६ पटक हेरिएको

रोल्पा / जेठ,१८
रोल्पा नगरपालिका -१० धाङसीका राजकुमार रोकाको १८ वर्षिय छोरा भगवती रोका मगर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
उक्त शव रोल्पा नगरपालिका -९ ह्वामा स्थित फागुनेमा रहेको सुन प्रकाश बुढाको खाली गोठमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
मृत भेटिएका रोका मगर गत चैत १४ गते देखि परिवारबाट सम्पर्क बिहिन भएका थिए तर परिवारले उनी बेपत्ता भएको एक महिनापछि गत बैशाख १८ गते प्रहरीलाई जानकारी गराएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जिसीले बताए।
प्रकाशित मिति: २०२२-०६-०१ , समय : १९:४०:२९ , १ वर्ष अगाडि