Salyan Paribesh , २७७३ पटक हेरिएको

सल्यान / जेठ २१ – तुला राम डाँगी क्षेत्रि
रोल्पा सिमेन्ट प्रा.लि.ले कपुरकोट गाउपालिकाको सडक खन्डमा अत्यधिक भारबहन सहितका टिप्पर हरु गुडायर नागरिक को जिउधन माथी गरेको आपराधिक ज्यादती प्रती गम्भीर ध्यानाकर्षण गर्दै कपूरकोट गा.पा.उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोट गा पा को प्रथम कार्यपालिका बैठक बाट टिप्पर आतंक बन्द गरि नागरिक हरुको जिउधन सुरक्षा गर्नका लागि कपुरकोट गाउपालिका क्षेत्रमा टिप्पर को आवागमन बन्द गरेको घोषणा गरेका छन्
घोषणा गरे लगतै केहि समयमै केन्द्रीय कमेटि सदस्य योङ्ग कम्युनिष्ट लिग वाइसियल नेपालका दिपेन्द्र कुमार क्षेत्रिले आफ्नो फेसबुक ष्टाटसमा लेखेका छन् ,, स्थानिय सरकार कपुरकोट गाउँपालिका ले अर्को निर्णय नगर्दा सम्म र जनताले अनुभुती हुने गरि उचित ब्यबस्थापन नहुदा सम्म कोइला -कपुरकोट- दाङ सम्म माफिया र दलालका ट्रिप्पर हरु माथि (नोट:पुष्टि भएको खण्डमा) जहाँ देख्नु हुन्छ प्रतिकार गर्नु होला ढुंगा हान्नुहोला?(केन्द्रीय समिति सदस्य Ycl) नेपाल,,
यो टिप्पणीमा केहि जनताहरुको आक्रोसित पनि देखिन्छ। कतिपयले कमेण्ट मै डिस्कस गरेको पाइन्छ . हामीले भेटेको कमेन्ट मध्ये एकजना कुशल मगर भन्नुहुन्छ पालिकाले राम्रो काम गरेको छ तर ढुंगा हान्ने काम चाहि राम्रो होइन, तर पालिकाकोको निर्णय सर्बदलियले नै बुझ्छ होला नि ? यस्तै गरि लक्षम्ण डाँगी लेख्छन यहि हो त तरिका ? कतिपयले त पार्टी जिताउनाकै निमित्त घर जग्गा धितो राखेर गाडी निकालेका होलान त उनीहरुको क्षेतिपुर्ति तपाइँ भर्नुहुन्छ ?
यही बिषयलाई लिएर नेपाल शिक्षक महासंघ सल्यानका अधक्ष्य मधुसुदन गिरि भन्नुहुन्छ। कसैले ढुंगा हानेर तोडफोड गरेर फस्ने आफै हो कसैले पनि आबेगमा आउने काम नगरौ। बन्दको समस्या समाधान होइन बरु उचित बिकल्प खोजौ।
प्रकाशित मिति: २०२२-०६-०३ , समय : २०:३४:१० , १२ महिना अगाडि