मृत्यु भएकाहरुकाे किर्ते कागज बनाएर वृद्धाभत्ता खाएकाे भन्दै वडाध्यक्ष र सचिवलाई कालाेमाेसाे

Salyan Paribesh , ३४०  पटक हेरिएको

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे विद्यार्थी संगठनले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई कालाेमाेसाे दलेकाे छ ।

विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रकम भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै कालाेमाेसाे दलेकाे हाे ।

आइतबार साे संगठनका जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण उल्लेख गर्दै कालाेमाेसाे दलेकाे जिम्म लिएका हुन् ।

वडाध्यक्ष र सचिवले मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षसम्म वृद्धाभत्ताकाे लाखौँ पैसा किर्ते कागज मिलाएर खाएकाे उक्त संगठनकाे आरोप छ ।

त्यस्तै १ करोड ५० लाखको खानेपानी योजनामा धारा निर्माण नगरेकाे र काम गर्ने मजदुरलाई ज्याला नदिई बजेट पास गरेको पनि आरोप लगाइएकाे छ । वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट परिवर्तन गरेर दुरुपयाेग गरेकाे लगाएतका आरोप उक्त संगठनले लगाएकाे छ ।

प्रकाशित मिति: २०२२-०१-२५ , समय : १९:२१:१४ , १ वर्ष अगाडि