Salyan Paribesh , ४५३ पटक हेरिएको

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि आफु सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको उनले बताए ।
तथापि सहमतिमै नेतृत्व छानिने उनले आशा व्यक्त गरे । उनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।
केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।
पछिल्लो राजनीतिक घटनाबारे आफू अपडेट हुन बाँकी रहेको बताउँदै नेता पुनले गठबन्धन सरकार संविधानको रक्षाका लागि स्थापित भएको बताए ।
दुर्लभ बङ्गाणुगत जण्डिसको समस्याबाट पीडित पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए । नेता पुनको सेनजेनमा ३९ र त्यसअघि बैंककमा ५९ दिन उपचार गरिएको थियो ।
प्रकाशित मिति: २०२२-०१-२५ , समय : १९:२४:०६ , २ वर्ष अगाडि