मालती मगरको कथा : भाग्य आ- आफ्नो भाग : ३ भिडियो सहित

Salyan Paribesh , ८६९  पटक हेरिएको

कथा : भाग्य आआफ्नो
भाग : ३ )

मेहा लाई न निन्द्रा लाग्छ न भोक,, धेरै छट्पटी हुन थाल्यो ,, म एउटा गरिब कि छोरी हु ,, ए मन किन बहकिन्छस यसरि ? सान्त भै बसिदे ‘ न ,, मेरो बाबा ममि लाई केही खुशी दिनु छ। अलि कति भए पनि सुख दिनु छ।
मैले न चिनेको मान्छे लाई यसै गरी माया गरे भने त म दुख पाउछु
ई शब्द हरु बोल्दा ,, खै किन किन आँखा बाट आँसु हरु अनयासै बग्न थाले ।

किन मन ले बार बार यहि भन्ने गर्थ्यो ? कि उसको बारेमा न राम्रो न बोल उ नै तेरो जिन्दगी हो ,, मेहा मन लाई सम्झाउदै मुख ले नाई हैन भन्ने त गर्थिन,, तर खै किन – किन जब जब ओठ मा ई शब्द निकाल्थिन तर आँखा भरी आँसु हुन्थ्यो ,, भन्थे छोरी मान्छे को मन पानी हो,, जता लर्कायो उतै लर्किन्छ ,, हो रहेछ।

मेहा लाई यस्तै भएको थियोे दुख नै दुख को जिन्दगी भोगेकी उनी सुख भन्ने थाहा थिएन र पनि खुशी मन ले सोच्दा खुशी महसुस किन हुन्छ मलाई ? यस्तै यस्तै सोच्दा रात धेरै भएको रहेछ जसो तसो बल्ल तल्ल निदाउछिन।
कति बेला बिहान भयो मेहा लाई थाहा नै भएन आमा ओछ्यान मै आएर भन्नू भयो ,, ए नानी हैन किन न उठेकी यतिबेला सम्म हुम के भयो तिमी लाई कि सन्चो छैन र ?

मेहा : हैन आमा ठिक छु म ,,
न भन्दै बाहिर घाम झुल्की सकेको रहेछ । मेहा हतार हतार उठेर आमा म घाँस काट्न जान्छु है भनेर जान्छिन

आमा: हुन्छ अलि छिटो आउनु भन्नू हुन्छ ।

मेहा : त्यहीँ ठाउमा गको हुन्छिन जहाँ उनको र मिजन को भेट भएको हुन्छ। शुन्य लाग्छ त्यही बाटो जुन बाटो हिजो मात्रै मिजन ले माया को भिग मागेका थिए,, आज त्यहीँ ठाउँमा मिजन न हुँदा सुन सान थियोे त्यहीँ ठाँउ प्यारो लाग्यो जुन ठाउमा मिजन को पाउ थियोे ,, साच्चिकै आज किन यति पागल धेरै भएको छ मन ? मेहा आफुलाई सम्हाल्दै घाँस काटेर फर्किन्छिन ।

दिन हरु बित्दै गए मलाई लाग्न थालेयो अब भने उसले पनि मलाई यस्तै माया गर्छ होला कि गर्दैन होला ? मेरो याद आउँछ होला कि आउदैन होला ? त्यही कुरा ले मुटु दुख्ने गर्थ्यो,, अनि आँसु पनि झर्ने गर्थ्यो,, मैले सुनेकी पनि थिए छोरा मान्छे जहाँ गयो उतै आफन्त बनाउछन रे अझ भनु त जताततै बुढी पनि हुन्छन रे,, तर यो कसरी भएको होला ? के छोरा मान्छे को मन हुदैन र यदि मन हुन्छ भने एउटा केटी यति धेरै पागल हुन्छ एउटा को माया मा यो छोरा मान्छे कसरी सबै तिर मन दिन सक्छन् त ? म त भयो माया लगाउदिन जब भेट्छु तब मेरो मन फिर्ता दिनुस भनेर माग्छु राम्रो उपाए नै त्यहीँ हो,, अब माग्ने छु मन फिर्ता।

दिन हरु मिजन को याद मा बित्न थाल्यो जब जब भुल्छु भन्थे तब तब मिजन नाम ,, मन बाट र ओठ बाट हट्न सकिन
बल्ल बल्ल भोलि दस दिन पुग्छ मिजन आउने होकि हैन के गर्ने होला के भन्ने होला यस्तै यस्तै मन मा कुरा खेलाउदै निदाउन पुग्छु म। ,,

अनि भोलि बिहानै घरको काम सब सकाएर घाँस काट्न तिर लाग्छु जब भेट्ने भन्ने ठाउँ आयो त्यहाँ कोहि पनि थिएन न त मिजन नै ,, म दुखी हुदै घाँस काट्न गए ।
घाँस को भारी पुराएर त्यही ठाउमा आए तब पनि कोहि थिएन निराश मन भयो के गरु अब ? म घरमा जाउ कि यहि बसु यक छिन भए पनि पर्खेर जानू पर्यो ।

मिजन : आएर पनि अलि पर बसेको रहेछन ताकी उनले मेहा म बिना को तरपाई मा उनी कस्तो हुदो रहेछिन अनि मलाई माया गर्छिन होला कि गर्दिनिन होला हेर्न मन रहेछ

मेहा : गहभरी आँसु पार्दै कति निष्ठुरी मान्छे हुनुहुदो रहेछ आउनु भएन सायद मेरो मन जित्नु थियोे जित्नु भयो हजुर ले ,, आफू लाई बहादुर ठान्नु निस्थुरी मन जिते भनेर भन्दै रुन थालिन ।
मिजन : नजिक आए र भने,, ल के भयो परि ? हजुर को आँखा मा आँसु होइन ओठ मा मुस्कान सुहाउछ
मेहा के भयो ? किन रोएको यसरी आँसु पुछिदिदै सोधे।

मेहा : मेरो मन बाट एउटा् शब्दआयो मलाई मेरो मन फिर्ता दिनुस मिजन मलाई यो माया मा फस्नु छैन मेरो मन फिर्ता दिनुहोस् म त्यही माग्न आएको हु अनि म जान्छु ।

मिजन : हुन्छ मलाई बीस दिनुहोस् हजुर को हात बाट दिएको बीस हासी हासी खाने छु अनि म मरे पछि लानुहोस मन फिर्ता जब यो शरीर ढल्ने छ नि तब मात्रै हजुर को याद आउने छैन होला मलाई हैन भने मैले जिन्दगी सोचेको छु हजुर लाई कसरी भुल्नु ,, मेहा मैले हजुर लाई टाइम पास सोचेको छैन मेरो लागि हजुर वान पिस हो हजुर बिना म अरु कल्पना सम्म गर्न सक्दिन । मेरो माया साचो हो त्यसैले त आज हजुर ले पनि मलाई माया गर्नु भयो नि हैन र ?

मेहा: को आँखा भरि आँसु भयो किन कि मिजन मेहा को मन मुटु मा बसी सकेका हुन्छन ।

मलाई भोलि दुख हुनेछ ,, अनि रुनु पर्ने छ मिजन भयो मलाई हजुर को याद न आउने बनाई दिनुस।
म याद आएन भने त राम्रो नि . ,, समय छ,, हजुर ले मलाई चिन्नु पनि भएको छैन त्यसैले बरु आफ्नो बाटो लाग्नुस मेरो मन यहीँ छोडी दिएर । मेहा को जिद्दी देखेर मिजन बोल्न थाले ,, मेहा ,, के हजुर ले मलाई कत्ति पनि माया गर्नु हुन्न?

मेहा : गर्दिन म माया ।
मिजन : ले भन्न थाले त्यसो भए किन मेरो मन फिर्ता दिनुस भन्नू भएको त ? ,, यदी हजुर ले मलाई माया नै गर्नु हुन्न भने किन मन फिर्ता दिनुस भन्नू हुन्छ त ? मिजन निराश हुँदै बोले ।
मेहा: त्यो बोली ले अलमल परिन ,, के भन्ने होला अब भनेर। माया गरे र त होला मन फिर्ता मागेको महाको आँखा बाट आँसु हरु बर्षा झै बगन थाले ।

मिजन : को आँखा भरी आँसु भयो किन मेहा मेरो बिश्वास न लागेको हजुर लाई छोरा मान्छे सबै एउटै हुदैनन् फ़ेरि म हजुर को अनुमती बिना हजुर लाई छुने सम्म छैन मेरो माया झुठो हैन मेहा ,, माया को भिग माग्छु दिनुस न भन्दै घुडा टेकेर दुई हात फेजाउदै मेरो माया बुझिदिनुस न मेहा भन्दै आँसु झारे ।

मेहा: मेरो पनि त मन न हो अनि म पनि त छोरी मान्छे हु ,, त्यसरी रुदा सायद सन्सार मा म जस्तो भाग्यमानी अरु पनि भए कति खुशी हुदा हुन भन्दै सोचिरहे अनि अनयासै आँसु हरु बगिरहेको थियोे मिजन को हात समाउदै उठनुस जित हजुर को भयो मिजन, भन्दै उहाँको सामु म हारे उहाले मलाई मुबायाल ल्याईदिनु भएको रहेछ सिम ल्याईदिनु भएको रहेछ उहाको नम्बर सेब गर्दिनु भएको रहेछ 5 बर्ष पछी मात्रै बिहे गर्ने।
पहिले हजुर पनि कमाउनुस म पर्खाई मा बस्ने छु यस्तै यस्तै मिथा मिथा कुरा गर्दै

अडियो भिडियोको लागि तल लिंकमा क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०६-०४ , समय : १५:३३:११ , १ वर्ष अगाडि