सल्यानकाे बडागाउँमा आगालागी हुँदा एउटा घर जलेर नष्ट

Salyan Paribesh , २८६  पटक हेरिएको

सल्यान/ जेठ,२१ सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँको कोटबारामा एक घरमा आगालागी भएको छ । शुक्रबार दिउसो २ बजे स्थानीय टेकविर सुनारको २ तले घरमा आगालागी हुँदा जलेर नष्ट भएको हो ।

खरको छाना भएको ४ कोठे घर जल्दा घरको सबै सामाग्री सहित घर नै जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । घरमा आगालागी हुँदा खाद्यन्न, अन्नपात र घरमा भएका केही गरगहनाहरु लगायतका सबै सामग्रीहरु नष्ट भएको स्थानीय मेघराज सुनारले जानकारी दिएका छन ।

आगालागीबाट घरका सबै सामान जलेर नष्ट हुदा कम्तीमा पनि ४ लाख भन्दा बढीको क्षतिको अनुमान गरिएको छ ।

घरमुली टेकविर सुनार र उनकी श्रीमती पार्वती सुनार बैदेशिक रोजगारमा रहेका छन भने घरमा छोरा बुहारीमात्रै रहेका छन । उनिहरू घरमा नभएको बेला आगालागी भएको हो । आगालागी कसरी भयाे भन्नेबारे खुलेकाे छैन् ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : ०१:५२:४४ , १० महिना अगाडि