Salyan Paribesh , १६११ पटक हेरिएको

सल्यान / जेठ, २२ – गाउँबेशी सूचना केन्द्र सल्यान द्वारा संचालित रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम शनिबार जेठ २१ गते सम्पन्न भएको छ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारीले पदभार ग्रहण गरेको दिनदेखि हालसम्म गरेका कामहरूको बारेमा जानकारी गराउँदै कपुरकोट गाउँपालिका को विकास र समृद्धिको लागि प्राथमिकताको क्षेत्र योजना र आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो । यस्तै कपुरकोट गाउँपालिका निवर्तमान उपाध्यक्ष तिला बुढा मगरले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै सबै पक्षसंग सहकार्य गरेर पालिकाको बिकासका लागि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै कपुरकोट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का वडा नम्बर २ का अध्यक्ष ईश्वर बुढा, वडा नम्बर ३ का अध्यक्ष प्रदिप खड्का, वडा नम्बर ४ का वडाअध्यक्ष मित्रलाल कठायत र वडा नं ६ का अध्यक्ष श्यामकृष्ण बोहराले आफ्नो वडाको विकासको लागि योजना प्रस्तुत गर्दै आफ्नो प्रतिबद्धता पनि प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट द्रोण केसी, नेपाली कांग्रेसको तर्फबाट ललित वली, नेकपा माओवादी केन्द्रको तर्फबाट प्रेम भण्डारी, एकीकृत समाजवादीको तर्फबाट कृष्ण बिक, राष्ट्रिय जनमोर्चाको तर्फबाट तुल्सिराम योगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कपुरकोट ५ का वडा सदस्य प्रतापसंह कवर, प्रहरी चौकी कपुरकोटका इन्चार्ज नन्दराम भारती, ट्राफिक प्रहरी, कृषि उपज बजार संचालक समिती कपुरकोटका कोषाध्यक्ष सन्तसिंह घर्ती लगायतको उपस्तिथि थियो ।
रेडियो कपुरकोटका स्टेशन म्यानेजर सन्तोष घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको प्रमुख आतिथ्यता र गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन शंकर केसीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०६-०५ , समय : १३:४९:३१ , २ वर्ष अगाडि