जनकपुरबाट भैरहवा जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना: ९ जनाको मृत्यु

Salyan Paribesh , २६५  पटक हेरिएको

रुपन्देही / जेठ, २२ जिल्लाको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ ।बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ ।उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०२२-०६-०६ , समय : ००:१३:५६ , ८ महिना अगाडि