सल्यान जिल्ला गर्पा बाजबोट घर भएकी बेलमती घर्ती कुवेइतमा अलपत्र

Salyan Paribesh , ४६६०  पटक हेरिएको

सल्यान /जेठ, २३- तुला राम डाँगी क्षेत्रि सल्यान जिल्ला बाजबोट घर भएकी बेलमती घर्ती कुवेइतमा अलपत्र ।
जिल्ला सल्यान गर्पा ७ बाजबोट निबासी बेलमति घर्ति केहि महिना अघि मात्र सित्त्ला बजार निवासी एजेण्ट ( दलाल ) दौलत रोका मार्फत रोजगारीकै सिलसिलामा कुवेइत पुगेकी थिइन्। उनि यतिबेला बन्धकमा रहेको जानकारी बन्धक बेलामति घर्तीले बिरेन्द्र घर्ति मगर लाइ गराएकी छन्।

यतिबेला बिरेन्द्र घर्ति मगरले उक्त पिडितको घर परिवार संग पनि कुरा गरिसकेका छन्। घर परिवारलाइ केहि आस्वासन दिदै उनले भनेका छन् तत्काल तपाइकि चेलीलाई हामि उद्धार गर्छौ र हाम्रो टिम उद्धारमै खटिरहेको छ, र हाम्रो टिमलाई सहयोग को खाचो छ हामीलाई देश विदेश जहाबाट भएपनि सानो मदत पाए झन् सजिलै उद्धार गर्ने थियौ।

बिरेन्द्र घर्ति मगरले आफ्नो फेसबुक स्टाटसमा लेखेका पनि छन् मदत गर्नुस हामि हाम्री नेपालि चेलीको उद्धार गरेरै छोड्छौ

 

प्रकाशित मिति: २०२२-०६-०६ , समय : ०१:३१:२५ , ८ महिना अगाडि