कपुरकाेट-तुलसीपुर ‘वैकल्पिक मार्ग’मा माथीबाट खसेकाे ढुंगाले लागेर बाइक यात्रुकाे मृत्यु

Salyan Paribesh , ७७६  पटक हेरिएको

कपुरकाेटबाट तुलसीपुर जाने वैकल्पिक मार्ग अन्तर्गत तुलसीपुर ३ पाखापानी झकृेनीथानमा मंगलबार साँझ माथीबाट खसेकाे ढुंगाले लागेर माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे ।

मृत्यु हुने माेटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १४ बस्ने ३५ बर्षिय नरबहादुर घर्ति रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
ढुंगाले लागेपछि घाइते बनेका उनकाे राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
[smartslider3 slider=”9″]

“साथीहरु संगै कपुरकोट जानुभएकाे उहाँहरु वैकल्पिक मार्ग हुँदै तुलसीपुर फर्किदै हुनुहुन्थ्याे । झकृेनीथानमा पहिराेले सडक ब्लक भएकाे रहेछ”, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले लेकाली अनलाइन सँग भने । “ब्लक भएकाे सडकमा अन्य बाइकपनि थिए । मान्छेले बाइकहरु वारपार गर्ने क्रममा उहाँलाइ माथीबाट खसेकाे ढुंगाले लागेकाे हाे ।”

प्रकाशित मिति: २०२२-०१-२६ , समय : १५:५८:४६ , १ वर्ष अगाडि