शेयर लगानीकर्ताको आन्दोलन आज पाँचौ दिन पनि जारी, पाँच हजार लगानीकर्ताको उपस्थितिमा आज माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शनी गर्दै

Salyan Paribesh , ६७१  पटक हेरिएको

विगत केहि दिनदेखि आन्दोलनरत लगानीकर्ताले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। लगानीकर्ताले जेठ २३ गते धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउँदै आन्दोलनको सुरुवात गरेका थिए।

उनीहरुले आज पाँचौ दिन पनि आन्दोलन जारी राखेका छन्। शुक्रबार आज पाँचौ दिन पनि आन्दोलन जारी राखेका छन्। शुक्रबार ५ हजार लगानीकर्ताको उपस्थितिमा प्रदर्शनी गर्ने तयारी गरेका छन्।

जेठ २४ गते नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्ताहरुलाई प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न नदिएपछि लगानीकर्ताहरुले माइतिघरमा प्रदर्शनी जारी राख्दै आएका छन्।

बिहीबारको आन्दोलनामा लगानीकर्ता सँगठनका अध्यक्षहरुले समेत समर्थन जनाएका थिए। लगानीकर्ता सँघर्ष समितिले आजै सबै लगानीकर्तालाई माइतिघरमा आउन आग्रह गरेको छ। संघर्ष समितिको नेतृत्वमा माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शनी गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: २०२२-०६-१० , समय : १२:४४:५२ , १ वर्ष अगाडि