इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर जाने अन्तिम तयारी, आजै सम्झौता हुँदै

Salyan Paribesh , ७२६  पटक हेरिएको

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने तयारी गरेका छन्। मर्जरको लागि दुई बैंकबीचको छलफल अन्तिम चरणमा पुगेको छ।

दुई बैंकबीच मर्जरको लागि केहि समय अघिदेखि नै छलफल चल्दै आएको थियो। अहिले इन्भेष्टमेन्ट बैंकले १००ः९० प्रतिशतको स्वाप रेशिया दिएर गाभ्न लागेको बुभिएको छ।

दुई बैंकबीच आजै मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गर्ने तयारी भइरहेको स्रोतले बताएको छ।

इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जर तोडिएपछि राष्ट्र बैंकको कारवाहीमा परेको छ। बैंकले अन्य कुनै सँस्थालाई गाभेपछि मात्रै बैंक केन्द्रीय बैंकको काराहीबाट मुक्त हुने छ।

यसले गर्दा इन्भेष्टमेन्ट बैंकले मर्जरको लागि धेरै वटा बैंकहरुसँग छलफल गर्दै आएको थियो। मेगा बैंकसँगको छलफल भने करिब अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : १२:४६:२१ , १ वर्ष अगाडि