जुन सरकार आएपनि कुमाख गा.पा.मा रहेका झण्डै,३०० घरधुरीले पानीको अभाब मुक्त हुनसकेनन

Salyan Paribesh , ११७८  पटक हेरिएको

सल्यान / जेठ, २७- तुला राम डाँगी क्षेत्रि
जुन सरकार आएपनि कुमाख गाउपालिमा रहेका झण्डै ३०० घरधुरीले पानीको अभाब भोगिरहेका छन्,, यो दु:ख कसले बुझ्ने ?

कुमाख गा, पा , वडा न ३ का जनताहरु अझै पनि पानीको सास्थी भोगिरहेका छन् स्वही स्थानका बासिन्दा बसन्त राणा भन्छन आज भन्दा ५ बर्ष पहिलाको सरकार ले हाम्रो यो पानीको दु:ख कहिलै हेरेन।

७४ सालको अन्तिम चुनावमा त्यहाका जनप्रतिनिधिहरू भोटको आशामा तपाइँ हामीलाई भोट दिनुस हामीलाई जिताउनुस तपाइको घर घर सम्म पानि ल्याइदिञ्छौ भन्दै पानीको मुल सम्म सर्वे गर्न जादा स्थानिय बासिन्दाले ५ बर्ष सम्म केहि नगरेर अहिले चुनावको नजिकमा सर्वे गर्न आउने भन्दै सर्वे गर्न नदिएको कारण अहिले पनि त्यहाका स्थानियहरुले झण्डै एक घण्टाको बाटो पानि बोकेरै खानु परेको बसन्त राणा बताउछन।

कुमाख गा पा का बासिन्दा भन्छन अहिले चाहि नयाँ जनप्रतिनिधि लाइ चुनेरै जिताएका छौ, उहाँले त पक्कै पनि हाम्रो दु:खलाइ देख्नुहुने छ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : १७:१५:२६ , १२ महिना अगाडि