आईसीसी विश्वकप क्रिकेट लिग टू: नेपालले आज अमेरिकासँग खेल्दै

Salyan Paribesh , १०१४  पटक हेरिएको

काठमाडौ२८ जेठ/
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै छ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले घरेलु टोली अमेरिकासँगको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

नेपाल पहिलो जितको खोजिमा रहेको छ। पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले उक्त खेलमा गरेको गल्ती सुधार गरेर अमेरिकाविरुद्ध मैदान उत्रने लक्ष्यमा छ।

घरेलु टोली अमेरिका भने लगातार दोस्रो जितको खोजिमा छ। पहिलो खेलमा अमेरिकाले ओमानलाई पराजित गरेको थियो।

प्रकाशित मिति: २०२२-०६-११ , समय : १५:१३:४९ , १ वर्ष अगाडि