पैसा चोरीको आरोप लगाएर फेसबुकमा पोष्ट गर्नेलाईनै माफी मगायो सल्यान परिबेश टिमले

Salyan Paribesh , २०१७  पटक हेरिएको

साउदी / जेठ २८ , तुला राम डाँगी क्षेत्रि
गत साता सोमबार ७ तारिकको दिन साउदी अरब रियाद स्थित राति साउदी अरेबियामा हामि नेपालि ग्रुपमा राज राइ, अर्थात ( राजकुमार राइ ) ले सागर अबिरल मगरले मेरो दश हजार रियाल चोरेर भागेको छ भनि सागर अबिरल मगरको फोटा सहित पोष्ट गरेको हुदा सल्यानापरिबेश डटकम लगायत सिंगो टीम उक्त आरोपित सागर अबिरल मगरको खोजीमा जुटेको थियो।

राज राइले आफ्नो फेसबुक अर्थात साउदी अरेबिया हामि नेपालि ग्रुपमा पोष्ट गरेको एक दिन पछि सल्यान परिबेश डटकमका प्रबन्धक तुला राम डाँगी क्षेत्रि संग आरोपित सागर अविरल मगर सम्पर्कमा आएका थिए ।

आरोपीत सागर अविरल मगर संग सम्पर्क गरि उहाको बयान लिदा उहा चोरी नभयी साथिको नाताले जम्मा दुइ हजार रियाल सापटी लिएको पैसामा साथीले नै उल्टो आरोप लगाएको भन्दै सल्यान परिवेशलाइ बताए।

त्यसै गरि आरोप लाउने राज राइ संग सम्पर्क गर्दा राज राइले रिशको आबेगमा गलत स्टाटस पोस्ट गरेछु भन्दै साउदी अरेबियामा हामि नेपालि ग्रुपमा आबद्ध सम्पुर्ण र उक्त आरोपित सागर अबिरल मगर संग माफी माग्दै दुइ हजार रियाल आज ११ जुन २०२२ को दिन आफुले पाउने जति पुरा पैसा लिएर बिदाइ भएका छन्

प्रकाशित मिति: २०२२-०६-१२ , समय : ००:२५:५२ , १ वर्ष अगाडि