Salyan Paribesh , ९०३ पटक हेरिएको

दाङबाट सल्यान आउँदै गरेकी एक महिला छाेराछाेरी सहित सम्पर्कबिहिन भएकी छन् ।
माघ ८ गते दाङ तुलसीपुरबाट बसमा हिडेकी सल्यान बागचाैर नगरपालिका ६ बाङ्तिरेकी अन्दाजी २९ वर्षकी निर्मला परियार आफ्ना दुइ छाेराछाेरी सहित सम्पर्कबिहिन भएकाे परिवारले जनाएकाे छ ।
दाङकाे शान्तिनगर पातेटाकुरा माइत भएकी निर्मला माघ २ गते सल्यानबाट पातेटाकुरा माइत गएकी थिइन् ।
७ दिनकाे माइत बसाइपछि माघ ८ गते तुलसीपुरकाे बसपार्कबाट बसमा बसेर घर फर्किन लागेकी उनि सम्पर्कबिहिन बनेकी हुन् । ८ वर्षीय छाेरा र १० वर्षीया छाेरी सहित उनि सम्पर्कबिहिन भएकाे देउरानी संगीता परियारले सल्यान परिवेश लाइ बताइन् ।
[smartslider3 slider=”9″]
“माइतबाट तुलसीपुर बसपार्कसम्म आएर फुपूले रुकुम जाने बसमा बसाल्नु भएकाे रहेछ”, संगीताले भनिन् । “बसमा बसिसकेपछि हामीले दिउँसाे फाेन गर्दा लागेन् । अनि अहिलेसम्म सम्पर्कबिहिन हुनुहुन्छ ।”
उनकाे खाेजीका लागि प्रहरीमा खबर गरेकाे संगिताले बताइन् । संगीताका श्रीमान भने वैदेशिक राेजगारकाे लागि मलेसीयामा छन् । उनलाइ कसैले देखेमा ९८६०६३९४०० मा सम्पर्क गरेर खबर गर्दिन परिवारले आग्रह गरेकाे छ ।
प्रकाशित मिति: २०२२-०१-२८ , समय : ०९:०६:३९ , १ वर्ष अगाडि