Salyan Paribesh , ८०० पटक हेरिएको
दिल बिक्रम शाही।
जाजरकोट जेठ २९।हाम्रो भेगमा यस्ता पनि कलाकार छन।जो एक दुईओटा गित मात्र बजारमा ल्याएका छन्।हेर्ने हो भने ती गितको भ्युज 15k पनि पुगेको छैन।धाक भने 2करोडौं 91लाख 92 हजार 480 जनाले हेरेको लगाउछन। फेस्बुकमा आफ्नो नामको अगाडि “singer”लेखेर राखेका छन् ।आफुलाई एक महान कलाकार ठान्ने ब्यक्तिले मलाई एक गितको सिर्जना गर्न लगाउनु भयो मैले सिर्जना गर्दिए।त्यो पनि नगरपालिकाको बजेटमा रैछ गित निकाल्ने भनेको नगर पालिकाले 30 हजार रुपैयाँ दिएछ।
अडियो गित फाईनल भयो म्युजिक बन्यो।अब सोही गित सबैलाई म्यासेनजरमा हाल्दै मैले गरेको लय शब्द सिर्जनाको गित हो यसमा यो गायिकालाई हालेको छु तपाईंले लगानी गर्ने भए तपाईंको नाममा शब्द राखिदिन्छु गित बबाल बनेको छ भन्दै बिदेशमा गएका नेपालिलाई फेस्बुकमा साथी बनाउदै पैसा हाल्न लगाएर खाने गरेको पाइन्छ।गित चल्छ यस्तो मोडेल राखौ तपाईंले भिडियोको जिम्मा लिनोस म जति पैसा आउँछ युटुबमा सबै पैसा दिन्छु भन्दै फसाउने गरिएको छ।
प्रदेमा गएका नेपालिलाई पैसा रुखमा फल्छन जस्तो गर्छन्।गरिबको ऋणले खाडी मुलुक छिराएको हुन्छ।रहरले खाडी मुलुक जाने इच्छा कस्को पो हुन्छ होला र?खाडिको चर्को घाममा २४ घन्टा खटिएर काम गरेर कमाएको पैसा गित गरौं भनेर तपाईंले लगानी गर्नु भयो भने युटुबमा लाखौ पैसा आउछ नाम पनि हुन्छ भन्दै फसाएर अरुको पैसा खाएर आफूलाई गायक ठान्ने मान्छे
एकले गरेको सिर्जना अर्काको नाममा बिक्री गर्दिन्छन पैसा कमाउछन।न कला छ न गला छ?तर सबै मेरै सिर्जना हो भन्दै हिड्छन यस्ता छन कोहि कलाकार हाम्रो भेगमा।
प्रकाशित मिति: २०२२-०६-१२ , समय : १३:४२:२९ , १२ महिना अगाडि