Salyan Paribesh , ९९३ पटक हेरिएको

दाङ जेठ,३१ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको हो ।

उक्त तस्वीर सामाजिक सन्जाल लगायत समाचार प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।
विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।
सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।
नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।
एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
प्रकाशित मिति: २०२२-०६-१४ , समय : ११:५७:५४ , १ वर्ष अगाडि