ड्राइभिङ लाइसेन्स वर्ग थपको लागि पनि अनलाइन आवेदन खुल्यो, यसरी दिनुस् आवेदन

Salyan Paribesh , ४५१  पटक हेरिएको

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) बर्ग थपको लागिपनि आवेदन खुलाएको छ ।
गत जेठ १६ गतेबाट करिब दुई महिना रोकिएको अनलाइन आवेदन खुलाएपनि प्राविधिक समस्याको कारण बर्ग थपको लागि अनलाइन पहुँच दिएको थिएन ।

अब भने नयाँ तथा बर्ग थपका लागि सेवाग्राहीले लाइसेन्स आवेदन दिन पाउने भएका छन । कुनै एउटा क्याटेगरीमा रहेका सवारी चालकले त्यसभन्दा अन्य प्रकारका सवारी चलाउनका लागि अर्को वर्ग वा क्याटेगरी थप गर्न सक्छन्।

जसमा ‘ए’ को लाइसेन्स लिएर मोटरसाइकल, स्कूटर चलाइरहेका व्यक्तिले कार, जीप तथा डेलिभरी भ्यान चलाउनुपर्यो भने वर्ग ‘बी’ थपका लागी आवेदन दिनुपर्ने हुन्छ ।

विभागले अनलाइन आवेदन खुलाएको झन्डै दुई सातापछि वर्ग थपको सुविधा दिएको हो । वर्गथपमा अनलाइन आवेदन खुलेपनि अनलाइन पेमेन्ट सुविधा भने दिइएको छैन । यातायात विभागले एक सूचना जारी गर्दै वर्ग थप गर्न सकिने बताएको हो ।

वर्ग थपका लागि यो लिकंमा गएर  फारम भनुपर्ने छ ।

‘नयाँ सर्भरमा केही प्राविधिक समस्या देखिएकाले वर्ग थपको सेवा उपलब्ध गराउन असमर्थ थियौं। प्राविधिक जटिलता हल गरेर वर्ग थपको सुविधा उपलब्ध गराएका छौं’ विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलले भने ‘अनलाइन पेमेन्टको सुविधापनि छिटै उपलब्ध हुन्छ ।’

नयाँ प्रणाली सहित अनलाइन आवेदन खुलाएपछि सेवाग्राहीले फारम भरेको १५ दिन भित्र प्रयोगात्मक परिक्षा दिन पाउने बताइएको छ ।

प्रकाशित मिति: २०२२-०६-१४ , समय : १४:५२:०० , १२ महिना अगाडि