Salyan Paribesh , १२५० पटक हेरिएको

सल्यान/ जेठ, ३१- तुला राम डाँगी क्षेत्रि कपुरकोट गा.पा. उपाध्यक्ष प्रकाश भण्डारी एवम् योजना शाखा प्रमुख पशु शाखा लगायत पालिकाको टिम आज कृषि पशु अनुदान निर्माणाधीन सिनवाङ स्वास्थ्य कार्यलय छायानाथ भवन र सरस्वती आधारभूत बिद्यालय रातामाटाको भवन अनुगमन गरेका छन् ।
त्यसैगरी कपुरकोट ५ मा अगुवा बाख्रा व्यावसायि सुशील बोहरा द्वारा संचालित बोयर श्रोत केन्द्र “तुसारेखोला बहुउद्देश्यीय कृषि फार्मको पनि” अबलोकन गर्दै १०० र ७५% शुद्ध ब्लड बोयर बाख्रा हरु ले भरिएको फार्म लाई थप मजबुत नाफा योग्य तुल्याउन र आगामी बजेट मा बाख्रापालक हरुलाइ सम्बोधन गर्नुपर्ने बिशय,बर्तमानमा आइपरेका चुनौती र अबसर को सम्बन्ध मा परामर्श र सुझाव दिदै हरेक पाटोमा यसैगरी ५ बर्ष सम्मको लागि काम गर्दै जाने र गाउका अन्य अरु समस्याहरुको पनि समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
प्रकाशित मिति: २०२२-०६-१५ , समय : ००:४९:०० , १२ महिना अगाडि