घरमै घुसेर हातपात गर्ने राज्यमन्त्री विमला खत्री वली अस्पतालमा भर्ना

Salyan Paribesh , १२२८  पटक हेरिएको

दाङ/ असार, १-  लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आउनुभएको थियो । उहाँको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिनुभयो ।

वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उहाँले बताउनुभयो । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालले बताउनुभयो।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पु¥याएको थियो । प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।

प्रकाशित मिति: २०२२-०६-१५ , समय : १९:१२:५१ , १ वर्ष अगाडि