बाहिरियो राज्यमन्त्री बिमला खत्री ओलिको प्रेमलिला

Salyan Paribesh , १६६०  पटक हेरिएको

सल्यान/ असार, २
नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री बनेकी विमला वलीको हर्कतका कारण बिहानै देखी सामाजिक संजाल तरंगित भएको छ । अर्काको श्रीमानलाई मेरो एकराज खोइ भन्दै घरैमा पुगेर बवाल मच्चाए पछि विमला माथी अनेकौँ आलोचनाले संजाल रंगिएको छ ।

परपुरुष र परस्त्री सम्बन्ध नैतिक र सामाजिक रुपमा पनि बर्जित मानिन्छ तर विमलाले अर्काको श्रीमानलाई गरेको प्रेमले दिनभर चर्चा पाइरहेको छ । केही समय अघिनै दाङका एकराज बस्नेत सँग चुम्बन गरेको आपत्ती जनक तस्बिर बाहिरिए पछि उनको चर्को आलोचना भएको थियो त्यस बखत फोटोसप गरेर आफ्नो चरित्रहत् या गरिएको भन्दै पत्रकार सम्मेलननै गरेर प्रेम कहानी गुपचुप राखेकी विमला अहिले आफैँ प्रेमी खोज्दै घरैमा पुगे पछि सबैकुरा छताछुल्ल भएको छ ।

नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३को ख प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा निधन भए पछि उनकै ठाउँमा उमेदवार भएर निर्वाचित भएकी विमला दाङकै एक विवाहित पुरुष एकराज बस्नेतसँग प्रेममा चुर्लम्म डुबे पछि मन्त्री पदको गरिमा समेत कामय नराखी अर्की महिला माथी जाइलाग्न पुगे पछि विमला र एकराजको प्रेम कहानी पनि बाहिर आएको छ ।

विमलाका श्रीमान स्वर्गिय उत्तरकुमार वलीको तत्कालिन समयमा सर्वोच्च अदालतमा परेको ठगी मुद्दामा बहसका लागी दाङबाट काठमाडौं आउँदा एकराजले विमलालाई आफ्नै कारमा राखेर काठमाडौं ल्याएको र त्यसबेला उनीहरु सँगै बसेको खुलेको छ त्यहि बेला देखी एकराज र विमलाको सम्बन्ध प्रेममा कस्सिएको बताइन्छ ।

पूर्वमाओवादीका एकराज र विमलाको भने चुनावसम्म चिनजान नै थिएन । एकराज कांग्रेस नेता सुरेश हमाल निकट भएकाले चुनावमा उनलाई पार्टीले शंकाको घेरामा राखेको थियो ।

विमलासँग आफ्नै निजी सवारीसाधन थिएन । त्यसैले तत्कालीन नेकपाका नेता अपार र दामाले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा दिए । एकराजसँग निजी कार थियो ।

एकराज निकट एक वाईसीएल कार्यकर्ताका अनुसार आफ्नो निजी गाडी चढाउने क्रममा नै एकराज विमलाप्रति आकर्षित हुन थाले ।विमलाले स्वर्गीय पति उत्तरकुमार वलीविरुद्धको वैदेशिक रोजगारको ठगी मुद्दा पनि खेपिरहेकी छन् । सोही मुद्दाको पेसीका लागि विमलालाई सर्वोच्च अदालत धाउनुपर्ने भयो । उनै एकराजले विमलालाई आफ्नो गाडीमा हालेर काठमाडौं लगे । एकराज निकट स्रोतका अनुसार उनीहरू काठमाडौंको होटेलमा सँगै बसेका थिए ।

सोही बसाइपछि उनीहरूबीच अन्तरंग सम्बन्ध सुरु भएको हो । तुलसीपुरमा अढाई तल्लाको घर छँदाछँदै विमला घोराहीमा भाडाको घरमा बस्न थालिन् । विमला निकट एक माओवादी नेतृका अनुसार एकराज पनि आफ्नो घरमा नगई विमलासँगै घोराहीमा बस्ने गर्थे ।

यही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरेको तस्बिर एकराजले फेसबुकको स्टोरीबाट सार्वजनिक गरेका थिए । केही बेरपछि पोस्ट उनले हटाए । तर, सो तस्बिरसहितको समाचार सार्वजनिक पछि भाइरल भएको थियो ।

करिब ३५ वर्षीय एकराज सामान्य माओवादी कार्यकर्ता हुन् । उनी कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक छन् । कांग्रेस नेतासँगको निकटताका कारण माओवादीले उनलाई त्यति विश्वास गर्दैन ।

एकराजको आर्थिक अवस्था सामान्य छ । उनी काठको व्यवसाय गर्छन् । जंगलबाट काठ चोरी-निकासी गरेको भन्दै उनलाई वन मुद्दासमेत लागेको थियो । उनले हाल तुलसीपुर उपमहानगरपालिका वडा ९ दोघरेमा बस्नेत सःमिल चलाउँदै आएका छन् ।मिनाले बताएअनुसार करिब ४ दिनअघि एकराज घरबाट निस्केका हुन् । अहिले उनको मोबाइल स्विच अफ छ ।

एकराजका एक छोरा र एक छोरी छन् । यता विमलाका पनि दुई छोरा छन् । एकराजसँग प्रेममा पर्दा विमलालाई उनी विवाहित हुन् भन्ने थाहा थियो वा थिएन भन्ने खुलेको छैन । तर, एकराजले घरमा जहान-परिवार हुँदाहुँदै विमलासँग जानाजान अनैतिक सम्बन्ध राखेका हुन् ।

एकराजले विमला नाताले आफ्नो दिदी पर्ने दाबी गरेका थिए । तर, अन्ततः उनीहरूको विवाहेत्तर सम्बन्ध पुष्टि भएको छ । आज विमलाले ‘मेरो एकराज खोइ’ भन्दै उनको घरभित्र घुसेर ताण्डव मच्चाएकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

— ओटिभि नेपाल

प्रकाशित मिति: २०२२-०६-१६ , समय : ११:५८:४५ , १ वर्ष अगाडि