जाजरकोट कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष घर्तीकाे मृत्यु

Salyan Paribesh , ७२२  पटक हेरिएको

जाजरकोट/असार,४-दिल बिक्रम शाही
जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीकाे मृत्यु भएको छ । आज ( शनिवार) विहान एक्कासी वडाध्यक्ष घर्तीको मृत्यु भएको हो ।

आफ्नै निवासमा एक्कासी टाउको दुःखछ भनेर ओछ्यानमा पल्टिएका घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतलाई उदृत गर्दै पत्रकार रशेम बस्नेतले जानकारी दिएका हुन् ।

मृत्युको कारण खुल्न सकेको छैन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०२२-०६-१८ , समय : १३:३४:३६ , १ वर्ष अगाडि