Salyan Paribesh , १२३९ पटक हेरिएको

सल्यान/असार,४ – लाल ब महतारा क्षेत्रि
सल्यान कपुरकोट गाउपालिका वडा ६ साबिक सिनवानका ९ वटै वडा लगायत कपुरकोट ५ रिममा पनि चर्को खडेरीका कारण बर्खे बाली मकै एवम् तरकारी बाली सुक्न थाल्दा किसानहरु चिन्तित बनेका छन!
साथै पर्याप्त मात्रामा बर्षा नहुदा यसपालि उत्पादन घटने पनि किसानहरुको भनाइ रहेको छ।
समयमा राम्रो बर्षात नहुदा असार सुरु भैसक्दा पनि पानी नपरेको कारण खेतहरुमा धान बालीको ब्याड तयारी गर्न रोपाइ गर्न कठिनाइ भएको किसानहरु बताउछन्। कति पय ठाउँमा खडेरी कै कारण खोला मुहानहरु पनि सुक्दै गैरहेकाले खानेपानीको पनि अभाव सिर्जना भएको स्थानीयहरुको भनाइ रहेको छ।
यसको तत्कालिन समाधानका उपायहरु अवलम्बन गर्न के गर्ने भन्ने बारे किसानहरु अलमलमा परेको बताइन्छ!
प्रकाशित मिति: २०२२-०६-१८ , समय : १६:१०:१५ , १ वर्ष अगाडि