Salyan Paribesh , ३७५ पटक हेरिएको

सल्यान/ असार, ४ सल्यानमा जन्ती सवार जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ स्थित मुरेलखोलाबाट डोप्केतर्फ जाँदै गरेको भे १ ज १०२१ नम्बरको जिप सनिवार दुर्घटना भएको हो।
जिप देउलि नजिकै वेलुकि साढे ८ वजेको समयमा अनियन्त्रित भैइ सडकमा पल्टिएको जिपमा सवार यात्रुको भनाइ रहेको छ।
दुर्घटनामा परि बनगाड कुपिण्डे वडा ४ निवासी वर्ष ३२ का मोतिलाल वुढाको मृत्यु भएको हो र अन्य ३ जना पनि सामान्य घाइते भएको बताइएको छ।
प्रकाशित मिति: २०२२-०६-१९ , समय : १०:३९:३१ , ९ महिना अगाडि