कथा : फेसबुकको प्रेम – भाग : ३ हेर्नुहोस “भिडियो” सहित

Salyan Paribesh , ९३१  पटक हेरिएको

एक घन्टा पछि दाइको कोठा पुगे । डाटा प्याक तानेर अनलाइन आए । प्राप्तीलाई हरियो बत्तिले अनलाइन भएको जनायो । म्यासेज गरि हाले । उताबाट उसैले फोन गरि । बोल्दा बोल्दै यस्तो गफाडीलाई कसम नजिकै बाट हेर्न मन छ । उस्ले यति भन्न साथ,, मैले फोन काटेर,, दाइलाइ अफिसको काम पर्यो भनेर नाइटको गाडिमा घर जान्छु भन्दै धरान जाने गाडी चडेर धरान तिर लागे ….जहाँ मैले माया गरेको मान्छे थिइ ।

भोकको मतलब थिएन गाडी गुडिरहेको थियो । रात छिपिदै गर्दा मान्छेहरुको हल्ला कम हुँदै गयो । म भने उस्लाइ भेट्ने आशले निदाउन सकिरहेको थिइन । बेला बेलामा मात्र फोनमा नेटवर्कले काम गर्थ्यो । त्यस बेला मात्र प्राप्तीको म्यासेज आउथ्यो मैले म्यासेजको रिप्लाई गर्दा बल्ल बल्ल सेन्ट भइरहेको थियो । मैले धरान जस्को लागि जाँदै थिए । उस्लाइ पनि भनेको थिइन । बोल्न मन हुदाहुदै म्यासेजको रिप्लाई आउन छोड्यो निदाएको होला भन्ने सोचे । घरीघरी फोन हेरि रहे ।

त्यो रात कहिले सकिएला र गाडिले आफ्नो गन्तव्य पार गर्ला भन्ने पर्खाइमा थिए । तर मेरा लागि मिनेट पनि घन्टा लागि रहेको थियो । समय पनि कति बदमास लाग्छ जब समय छिटो सकियोस् भन्ने ठान्दा ठान्दै घडिको सुइ ट्क्क रोकिए झै लाग्ने रहेछ प्रेममा सब थोक सम्भब रहेछ हरेक काम गर्नु अघि दिमागले काम गर्छ तर जब प्रेमले जिबनमा खुशी दिन थाल्छ तब दिमागले होइन मनले काम गर्‍दो रहेछ । मेरो एक तर्फी माया थियो उस्ले पनि मैले झै माया गर्थ्यो या गर्दैन थ्यो थाहा नै थिएन । तर पनि यतिका टाढा सम्म भेट्न आइरहेको थिए ।

गाडीमा सबै निदाइसकेका थिए । म घरी घरी फोन हेरिरहेको थिए । नेपाल न हो अलिकति गहिरो खोज भएको ठाउँ पुग्न साथ नेटवर्कले काम गर्दैन यो कुरा सत्य नै हो ।मैले फोन हेर्न ब्यार्थ हुँदै गयो । गाडिले घुम्ती मोडेर गन्तब्य पार गर्दै धेरैको सपना पूरा गर्दै थियो ।यात्रीको निन्द्रा बिगृन्छ भनेर होला गाडीमा बज्दै गरेको गित पनि बन्द भयो । मैले आफ्नै फोन बाट गित सुन्न थाले ‘माया नै माया छ तिम्रो नाउमा तिमिलाइ भेट्न आउदै छु तिम्रो गाउमा ‘ जुन गित मेरै लागि बनेको झै लागि रहेको थियो ।आखामा निन्द्रा पर्ने छाट्काट थिएन । बल्ल बल्ल थाहा नपाइ निदाएछु निन्द्राबाट बिउझिदा भोक लागि रहेको थियो खानेकुरा केही बोकेको थिइन । खाना खाने बेलामा भोक नलागेकोले खानाको वास्ता नै नभएको मलाई घरको याद आयो ।

बिहानको तीन बजि सकेको थियो । अब मेरो मन सगै भोकले पेट छट्पटी रहेको थियो । अब भने मलाई निन्द्रा पर्नै सकेको थिएन सगै यात्रा गर्ने हरु प्राय बिउझी सकेका थिए । बल्ल बल्ल गाडी धरानको घन्टा घर नजिकै को बस स्टेसनमा पुगेको थाहा पाए । अघि सम्म लागेको भोक अब भने खै कता हरायो थाहा पाउनै सकिन ।

सायद प्राप्तीलाई भन्दै नभनी यहाँ सम्म आएको थिए । अब उस्लाइ के भनौ भएर आएको थियो । हुन त उस्को मलाई एउटा असल साथी मात्र सोचेकी थिइ । माया मैले मात्र गरेको थिए । दुबैमा प्रेम हुदो हो त ! यतिका टाढाबाट भेट्न आउदा कुनै फरक पर्ने थिएन । तर मनले सोच्यो । अफिसको कामले आएको बताउने निर्णय गरे ।

नया ठाउँ नया मान्छेहरु देख्दा के गर्ने कता जाने अन्योलमा परे ।तर मेरो आँखा पुर्बपटी रहेको नबयुक होटलमा अडियो । त्यही होटलमा बस्ने सोचले त्यतै लागे । त्यही केही दिन बस्ने बताए । होटलको मान्छेले रुम देखाइ दियो । त्यही बसेर प्राप्तिलाइ फोन गरे । सायद उस्को उठने समय भएको थिएन क्यारे । फोनको रिङ सक्ने बेलामा फोन उठयो । हेलो मर्निङ …निन्द्रामै बोली ।

उस्को आवाज सुन्ने बितिकै भन्न मन लाग्यो । भेट्न आउन , तर यति हतार गर्नु हुन्न भन्ने सोचे । उठ्ने बेला भएन र ? सोधे । उताबाट अब उठछु भनी । मैले छिटो उठनु ल भने । तर म धरान आएको कुरा बताइन । यति हतार
गरि हाल्न मनले मानेन । एकै चोटीमा भेट्न आउ भन्दा मेरो कुरालाई गलत अर्थ लाउन सक्छे जस्तै लाग्यो ।
एक छिनमा फोन गर्छु भनेर फोन काटियो । लगभग एक घन्टा को अन्तराल पछि फोन आयो । फोन उठाउने बितिकै भने । मलाई भेट्न आउन सक्छौ ? उ हास्दै भनी भरे फेरि निदाउछु अनि सपनीमा आउला ।
सायद उ मेरो कुरालाइ बिस्वास गरेकी थिइन अब भने मैले जसरी भए पनि उस्लाइ बिस्वास दिलाउनु थियो । ए सुनन अफिसको कामले तत्काल आउनु पर्ने भएर धरान आएको छु भनेर उस्लाइ बिस्वास दिलाउनुको लागि झुट बोले । अफिसको काम त बहाना मात्र थियो । म उस्लाइ भेट्न आएको थिए तर भनिन अनि यहाँ सम्म आइनै सकेपछी तिमिलाइ नभेटी कसरी जानू हैन र ?

उ केही बेर पछि स्टेसन आउने बाचा गर्दै फोन काटि । मन किन किन जोड जोड्ले धड्की रहेको थियो खाना तयार भयो भनेर होटलको भाइले बोलायो हिजो देखिको भोकले शरिसको स्फुर्ति हराइसकेको थियो
खाना खाइ सके पछि पनि उस्को फोन आएन म भने उस्लाइ भेट्न पफ्र्युम देखि लिएर कपाल मिलाउन देखि लिएर शरिरमा सुहाउने मलाइ मन पर्ने कपडा लगाएर उसलाइ भेट्न हतारिएर बसेको थिए

एक घन्टा पछि फोन आयो ।सरि आमालाइ खाना बनाएर दिनु पर्छ घरको काम सक्दा अलिक ढिलो भयो एकै छिन पर्खनु ल म आइहाले । भनेर म केही बोल्न नपाइ फोन काटियो । म भने उस्लाइ देख्न र भेट्न कति हतार भएको थियो आज म शब्दमा ब्यक्त गर्न सक्दिन प्रेम नदेखेरै बस्दो रहेछ म होटल बाहिर निस्की सकेको थिए । उ कुन बाटो आउछिन होला भनेर आखाहरु वरि परि डुल्दै थिए म घन्टाघर नजिकै रहेको गणेश मन्दिर छेउ भएको कुरा म्यासेजबाट बताए ।

उस्को म्यासेजको रिप्लाई आएन प्रत्येक गाडी मेरै छेउबाट कटेर जादा त्यतै ध्यान पुर्बक हेरिरहेको हुन्थे । केही बेरमा म बसेको भन्दा पुर्ब पटि देखि निलो कुर्थामा आउदै गर्दा मैले प्रष्ट चिनिहाले । मैले फोटोमा जस्तो देखेको थिए ठ्याक्कै त्यसै थिइन मलाई ठम्याउन गार्हो परेन । उ अरु भन्दा निकै फरक देखे । उसैको वरिपरि पूरा शरीर सम्म नढाक्ने कपडा लाउनेहरुको अगाडि प्राप्ती साच्चै इमानदारी र संस्कारी घरमा हुर्किएकी हो भन्ने कुरा उस्को ब्याबहारले प्रष्ट थियो ।

उ जति मेरो छेउ तिर आएको देख्थे । त्यति नै मनमा लाजले डेरा जमाइ सकेको थियो । म उसैलाई एकटकले हेरि रहेको थिए । उ मैले सोचे भन्दा धेरै राम्री थिइन । उ वरिपरि हेर्दै मलाई नै खोजी रहेकी थिइन खोज्दा खोज्दै उ मेरै छेउमा आइ पुग्न लागेपछी मेरा नजर उबाट हटाएर अन्तै मोडे । उस्ले गाडिबाट साइड लागेर म्यासेज गरि । मैले देखि रहेको थिए । मलाई उसग भेटी हाल्न मन लागेन त्यसैले परैबाट उस्लाइ मन भरिने गरि हेरि रहे ।
मोबाइलमा म्यासेजको रिङ बज्ने बितिकै फोन हेरे । कता छौ ? भनेर सोधेकी रहेछिन् । म त घरमै छु अनि तिमी कहाँ छौ ? रिप्लाई गरिहाले । अनि म सग झुट बोलेको ? मैले उस्लाइ हेर्दा जति आनन्द भएको थियो त्यति नै उस्लाइ सताउन मज्जा भैइरहेको थियो तर बिचरीलाई जानी जानी तड्पाउन चाहिन ।

सिधै फोन गरे । फोन उठाएर चर्को स्वरमा बोली । मैले उस्को कुरा लाई बेवास्ता गरी पछाडी हेरन भनेर अनुरोध गरे । उ फोन नकाटी बिस्तारै फर्किएर मुसुक्क हासी । उ मैले सोचे भन्दा राम्री थिइ । उस्को मुस्कान र रुप देखि म फिदा ….केटा न परे । भेट्ने बित्तिकै अङ्गल्लोमा बाधेर भन्न मन लाग्यो यति राम्री मान्छे आज सम्म कता हराएकी थियौ ? भनेर ।

तर उस्ले मेरो कुरा काट्न नसकेर भेट्न आइ सायद साथीको कर्तव्य पूरा गर्दै थिइ होला । अनि मैले उस्को त्यो कर्तव्यलाई प्रेमको परिभाषा दिइरहेको थिए । असल साथी सोच्नु र जीवन साथी सोच्नुमा साच्चै धेरै फरक पर्छ ।
तर साचो प्रेमले मन मात्र हेर्छ । म पनि उस्को हरेक व्यबहार मा मायाको अर्थ भेटी रहेको थिए । मान्छेले साचो माया चिन्न सक्नु पर्छ नत्र त यहाँ एक असल साथीको व्यबहार पनि प्रेमिप्रेमिकाले गर्ने भन्दा फरक पर्दैन ।

तर मैले गर्ने माया साचो थियो । म एकोहोरो भएर हेरिरहेको रहेछु । उ मेरो छेउमा आएर मुसुक्क हास्दै नमस्ते भन्दा झसङ भए । हजुर नमस्ते ! मैले पनि उसै गरि भने । अब के भन्नू भनेर दोधारमा परे । अगि सम्म यो भन्छु त्यो भन्छु भनेर सोचेको कुरा सबै उस्लाइ देख्दा भुली सकेको थिए । राम्रो रहेछ सहर अनि तिमी पनि उस्तै राम्री ! के भनौ भएको बेला मुखबाट फुत्त निस्कियो । मलाई पनि तिमी मन पर्यो भनेर जबाफ दिइ यो बेला मैले कुनै प्रतिक्रिया जनाइन । हजुरको ठाउँमा गफ मात्र चल्छ कि ! चिया नास्ता पनि ? सोध्ने समय थियो थिएन ।
थाहा थिएन सोधी सकेर आफैलाइ हड फिल गरे । उ म भन्दा अलिक जिद्दी स्वभाव कि थिइ । यसै बखत भनी । यो मेरो सहर हो । यहाँ आएको पाहुनालाइ इज्जत गर्न मलाई पनि आउँछ महासय !

उस्ले म छु नि भनेर मलाई पाहुनाको रुपमा लिदै भनी । फेरि उसैले सोधी खाना खायौं कि छैन ? उम भयो भनेर छोटो जबाफ दिए । उसैले घुम्न जाने कुरा गरि मैले केही नसोची हस भने । मलाई एक दिन मात्र होइन पुरै जीवन भरी सैगै हुने चाहाना भैसकेको थियो । तर आज मनको कुरा भन्छु भनेर मनैबाट प्रण गरे । फ़ेरि उ रिसाइ भने , उस्ले मलाई के सोच्लिन भनेर घरीघरी मन डराउथ्यो ।

उ मेरै अघि बिस्तारै हिडिरहेकी थिइ । मैले बोलाउने कुनै बाटो भेटेको थिइन । हरेक कुरामा छोरा मान्छे नै अगाडि बढेको राम्रो भन्ने सुनेको कुरा दिमागमा खै कताबाट आयो । अनि आफैले कुरा सुरु गरे । अनि तिम्रो घरमा के भनेर आएकी ? मेरो कारण अप्ठ्यारो त पर्दैन नि ? साथी भेट्न जान्छु भनेर आए । यति मात्र उस्को जबाफ आयो ।
फेरि हामी एकाअर्काको कुरा बन्द भयो ।बेला बेलामा वरिपरि भएको नया कुरा देखाउदै परिचय दिदै हिडेकी उ , म भन्दा छिटो हिडिरहेकि थिइ ।

मैले उस्ले देखाएको कुरालाई भन्दा बढी उस्को अनुहारमा निहाली रहेको थिए । हल्का गाजल , कालो टीका अनि गुलाबी रङको लिपले सारै सुहाएको थियो ।घरी म उभि रहन्थे । उ एक्लै बोली रहदा म पछाडी छु भन्ने कुरा भुली रहेकी थिइ । उ निकै माथि पुगेपछि फर्केर हेर्दै एक्लै हास्थि । अनि म पनि ….

बल्लतल्ल आधा घन्टा पछि बिजयपुर आइपुग्यो उस्ले यसो भन्दा मलाई झट्ट भाउजुको याद आयो । यदाकदा नै भाउजुको माइती हो भन्ने सुनेको थिए । तर उस्लाइ सुनाउन उचित ठानिन । उ निकै पर पुगेछि फोहोर नभनी भुइमा बसि । सायद थकाइ लागेको हुदि हो । छेउमा गएर हात दिदै उठन सानु भन्न मन लागि थियो तर किन किन मन उतिनै डराइ रहेको थियो । छेउमा गएर थकाइ लागेको यति छिटो भनेर सोधे । होइन तिमिलाइ कुरेर बसेको । मैले धन्यवाद भने ।

उस्ले धन्यवाद होइन मलाई उठाउ भनेर हात दिदै भनी । मैले माया गरेको मान्छेलाई पहिलो पटक छुदै थिए । मनमा भिन्नै प्रकारको कम्पन पैदा भैसकेको थियो । बिस्तारै उस्लाइ उठाए । अनि फेरि उ पहिले झै अघिअघि लागेर हिडि । उ मौन नै हिडिरहेकी थिइ । उस्को मौनता पछाडी के थियो थाहा थिएन । त्यही बखत आट गरेर सोधे तिम्रो बोइफ्रेन्ट छ कि छैन ? उ झट्ट रिसाइ मलाई मायाको बारेमा सुन्दा पनि घृणा लाग्छ रिसाउदै बोली ।
मैले यति सानो कुरामा रिसाउनु पर्छ त ? भने । मेरो अगाडि माया प्रेमको कुरा नगरेकै राम्रो यति भनेर उ चुप बसि । तर किन यति घृणा गर्दै छे भन्ने कुरा बुझ्न मन थियो । उ अझै रिसाइ रहेकी थिइ । मैले उस्को रिस सान्त गर्न रिसाउदा सारै राम्रि भनेर हसाउन खोजे । उ त्यो बेला साच्चै मायालु देखिएकी थिइ । उस्ले मन्दिर अगाडि पुगेर हामी यहाँ सम्म मात्र आएको कुरा बताइ । मन्दिर पस्नु भन्दा पहिला गेटमा लेखिएको कुरा पढ्न थाले । लेखिएको थियो । ‘बुढासुब्बा ‘ मन्दिर ….

पढी सकेर साथीहरुले भनेका कुरा सम्झिए । बिबाह नभैइ प्रेमप्रेमिका मन्दिर पस्दा बिछोड हुन्छ भन्ने कुराले मनमा डेरा जमाइ हाल्यो । म केही नबोली उभि रहे । उस्ले मेरो हातमा समाउदै छिटो आउन भन्न थाली । मैले पुरानो कुरालाई बेवास्ता गर्दै उसगै मन्दिर भित्र पसे । उ त्यो मन्दिरको बारेमा भन्दै थिइ । वरिपरि बारेर मन्दिरलाइ संरक्षण गरिएको थियो । टुप्पो नभएको बासमा डोरोले बाधेर रङ्गिन देखिन्थियो ।

बुढासुब्बा मन्दिर किरात र हिन्दु धर्मको महत्त्वपुर्ण मन्दिरको रुपमा मानिन्दो रहेछ । एकछिन पछि उस्ले मेरो हातमा डोरो दिदै भनिन ।यो बासमा बाध्यो भने एकाअर्काको साथ कहिले छुट्दैन । मैले केही नबोली डोरो लिएर बसे । नजिकै एक जना दिदि उभि रहनु भएको थियो । उहालाइ फोटो खिच्न उसैले अनुरोध गरि । म केही नबोली बसे । उस्ले हामी दुबै जनाको डोरो बाध्दै गरेको फोटो खिच्न लगाइ । उस्ले साथीको नाता कहिले नछुटोस भन्ने कामना गरेकि हुदि हो । मैले हाम्रो माया र साथ कहिले नछुटोस भनेर कामना गरे ।

उस्ले मेरो फोटो आफ्नो फोनमा कैद गरेर राखी अनि मैले आफ्नो मनमा .
फरक यति नै थियो । उ मेरो अगाडि नै भएको कारण फोटोको त्यति महत्व लागेन ।
फोटो खिचि सकेर त्यहाबाट निस्कियौ । उस्ले धरान बजार देखाउदै बनजङ्गल देखि खोला सम्मको परिचय दिदै थिइ। मलाई उस्ले देखाएको ठाउँ भन्दा उ प्यारो लागि रहेको थियो । उस्ले बिजयपुर पुगेपछि खाजा खाने कुरा गरि । मैले हुन्छ भने । मलाई एक घन्टा अगाडी देखि नै भोक लागि रहेको थियो तर उस्लाइ भनेको थिइन यो पटक उसैले भनेपछी दुबै जना होटल तर्फ लाग्यौ । होटलमा एक जना बहिनी मात्र थिइ । प्राप्तीले मलाई नसोधी चाउमिन अडर गरि मैले त्यसैमा सहमती जनाए । प्राप्ती गफ गर्न सिपालु रहेछिन । होटलको बहिनीसग एकअर्काको गफ गर्न सम्म भ्याइ सकेकी थिइ । म भने फोन हेर्नमा ब्यास्त थिए । बेला बेला उनीहरुको कुरा पनि सुनी रहेको थिए । प्राप्तीले त्यही होटलको बहिनी लाई घरमा कोको हुनुहुन्छ भनेर सोधि । आमाबुबा अनि म , दिदी पनि हुनुहुन्थ्यो बिहे गरेर पोखरामा हुनुहुन्छ होला ।

उस्ले यति भन्दा म झसग भए । फोन टेबलमा राखेर त्यही बहिनीको कुरा सुने । त्यसपछी प्राप्ती केही बोलिन । अनि म आफैले सोधे । अनि दिदी यता आउनु भएको छैन र ? उस्ले आफ्नो दिदिको बारेमा बेलिबिस्तार गर्न थाली । गफैगफमा नास्ता तयार भयो भन्दै चाउमीन टेबलमा राखी दिइन । मैले धन्यवाद भने ।

उस्ले प्राप्ती र मेरो कहाँ भनेर सोधी । हतार प्राप्तीले धरानमै भनेर छोटो जबाफ दिइन । म मुसुक्क हासे केही बोलिन । होटलमा अरु मान्छे नभएको कारण उ पनि हामी सग गफ गर्नमा मस्त थिइ । यतिकैमा फोन खोलेर आफ्नो दिदी भनेर देखाइ । त्यो फोटो अरु कसैको नभएर मेरै भाउजुको थियो । खै कस्तो बिडम्बना दाइ भन्दा पहिला म दाइको ससुराली आइपुगेछु । तर यो कुरा उस्को अगाडि खोली हाल्न मनले दिएन । प्राप्तीलाई भने ।

अब एकार्कामा साथी पनि भयौं । कहिलेकाही यता आउदा सजिलो हुन्छ बरु बहिनिको नम्बर लैजाउ भनेर प्राप्तीलाई अनुरोध गरे । प्राप्तीले पनि धरानकै भएर कुनै प्रतिवाद नगरी नम्बर सेभ गर्न लगाइ । नम्बर लिएर भाउजू सम्म पुराउने सोचले प्राप्तीलाई नम्बर माग्न लगाए । तर प्राप्तीलाई पनि थाहा नै थिएन । मैले आफ्नो स्वार्थ पूरा गर्न प्राप्तीलाई प्रयोग गरि रहेको थिए । आमाबुबाले दिदिलाइ इज्जत फालेर गइस । हाम्रो लागि मरिस । भने पछि आज सम्म दिदी कन्टेकमा आउनु भएको छैन । बहिनीको कुराले प्राप्ती भावुक थिइ त्यो मैले प्रष्ट देखेको थिए ।

हाम्रो परिवारलाई यति सम्म घृणा गरेको कुरा थाहा पाए पछि । फेरि म आफैले त्यही परिवारको सदस्य हु भन्न आट नै भएन । म केही बोलिन । केही बेरमा त्यहाबाट निस्कियौ । बाटोमा प्राप्तीको फोन मागेर अघि टिपेको नम्बर हेरेर दिमाग मै सेभ गरे । प्राप्ती बिहान भन्दा अलिक खुलेकी थिइ । घरी हसाउथी घरी दुखको कुरा गर्थी । गफैगफमा म बस्ने होटल आइपुगे । मैले कफि पिएर जाउ भनेर प्रस्ताव गरे । उ हतार गर्दै थिइ । तर मेरो कुरा काट्न चाहिन । त्यस कारण दुइजनालाइ कफि मगाए । उ सोध्दै थिइ घर कहिले फर्किन्छौ ? मैले टुंगो छैन भनेर झुट बोले ।

साझ पर्नै लागेको थियो । उ जान्छु भनी मैले बाहिर सम्म छोडे । उ सरासर गइ । मैले आखाले देखिन्जेल हेरि रहे । उ मान्छेको भिडमा हराइ हाली । त्यस पछि म पनि रुम फर्किए । मनमा जति खुसी मिल्छ त्यति नै बाच्ने आशा बढ्दो रहेछ । मैले प्राप्तीलाई देख्दा, भेट्दा खुसीहरु यसरी आएको थियो मानौ ! बिना बादल , बिना झरी एक्कासि भेल आए जस्तै ..

छोटो समयमा बसेको प्रेमको आयु छोटो नै हुन्छ भन्ने पक्षमा म छुइन

। किनकी मन देखि गरेको माया जति नै दुरि टाढा भए पनि कहिले छुट्दैन । मलाई भोक र निन्द्रा एकै पटक लागी रहेको थियो । निकै बेर पछि होटलको भाइले खाना खान बोलायो । खाना खाइसकेपछी प्राप्तीलाई म्यासेज गरे ।
उ दिउँसो भएको कुरा पनि दोहोराएर गर्दै थिइ । उ जति राम्री थिइ व्यबहार पनि उस्तै राम्रो थियो । हिजोको दिनहरुमा नदेखेरै बसेको प्रेम झन आज आएर भेट्दा प्रेमले सिमा नाघी सकेको थियो ।

तर फेरि दिउँसो भनेको कुरालाई सम्झन पुगे । मन न हो । खिन्न भइहाल्यो । किन उस्ले माया प्रेम देखि घृणा लाग्छ भनि । त्यो कुराले फेरि मनमा खुल्दुली पैदा भयो । सोध्न मन थियो तर उसलाई दुखी बनाउन मनले चाहेन ।
कहिले काहि कल्पनाले हसाउन खोज्थ्यो कहिले भबिस्यको चिन्ता लाग्थ्यो । दिनभरको थकाइको कारण छिट्टै निन्द्रा लागेकोले सुत्ने बिचार गरे । तर सुत्नु भन्दा पहिला घरमा फोन गर्ने सोच आयो ।
धरान आएको कुरा भन्दा सबै कारण बताउनु पर्ने भएकोले काठमाडौंमै छु भनेर झुठो बोले । घर छोडेको दुइ दिन भैसकेको थियो । आमाले न्यास्रो लागि सक्यो छिटो घर आइज भन्दै हुनुहुन्थ्यो । अफिसको छुटी पनि सक्न लागेको थियोे । जिन्दगीमा आइपरेका सबै कुरालाई खुसी पार्दै समाल्न सकियो भने मात्रै जीवन जिउनुको अर्थ हुन्छ भनेर सोच्ने म ।
आज मलाई एकजनाले गर्दा पुरै धरान बजार आफ्नै जस्तो लाग्दै छ । उ भन्दा कति टाढा थिए त्यो त थाहा थिएन तर पनि मेरै छेउमा भएको आभाष भैरहेको थियो । मीठो कल्पना मै निदाएछु । बिहान उठे पछि बेलुका नाइटको गाडीमा घर फर्किन्छु भनेर प्राप्तीलाइ म्यासेज पठाए । रिप्लाइमा आयो । मलाई एक पटक भेटन आउनु अनि मात्र घरको बारेमा सोच्नु … …

फेरि मेरो मनमा उमंगले डेरा जमायो । जसलाइ मैले माया गरेको थिए उस्ले पनि मलाई पुरै ख्याल राखेकि छ भन्ने कुरामा मलाई बिश्वास थियो । साच्चै हामी बिच दुबैमा प्रेम छ भन्ने सोच नआएको होइन । तर उस्ले मित्रतामा हुने साथ र माया मात्र दिएकी हुन कि भन्ने सोचले मन खिन्न हुन्थियो । फेरि उ आफैले म बसेको ठाउमै आउछु भनेर मनमा खुसी थपी दिएकी थिइन ।

खाना खाइ सक्दा बिहानको नौ बजिसकेको थियो । म उसैको फोनको प्रतीक्षामा थिए। दस बज्न लाग्दा म्यासेज आयो लेखिएको थियो । म होटल बाहिर छु । म्यासेज देख्ने बितिकै आफ्नो अनुहार ऎनामा हेर्दै कपाल मिलाएर हतारिदै बाहिर निस्किए । उ मलाई नै पर्खेर बसेकी थिइन । देख्ने बितिकै बोलाए । अनि उसैले सोधी आजै घर जान्छौ र ? मैले उम भनेर जबाफ दिए । अनि सन्देश मेरो घरमा एक पटक पनि निस्केर जादैनौ ? अब त भेट होला नहोला ।

उस्को म प्रती गर्ने आदरले मेरो मनमा झन प्रेमले ठाउँ पाउदै थियो । उस्को मन राख्न भए पनि अर्को पटक आउदा अबस्य निस्केर मात्र जान्छु भनेर उसैलाइ हेरि रहे । उस्ले मेरो दाहिने हातमा समाएर आउ ” म तिमिलाइ यस्तो ठाउमा लैजान्छु कि जहा एक एक सेकेन्डको महत्त्व रहेको छ ” म केही नबोली सरासर उ सगै हिडिरहे ।
उस्को छुवाइ , मनले पाएको स्पर्श भन्दा प्यारो मलाई त्यो एक एक सेकेन्डको मतलब हुँदै भएन ।

उ आउने र जाने गाडीहरु हेर्दै बाटो कट्दै थिइ साथमा म पनि थिए । मेरो ख्याल उस्ले आफ्नो जतिकै गरि रहेको मैले मज्जाले महसुस गरि रहेको थिए । हुन त छोरी मान्छे हरु कति दयालु हुन्छन । आफ्नो देखि लिएर अरुको पनि उतिकै ख्याल गर्छन । त्यसैले त नारी भनेको भगवान देबि भनिएको होला । जब गाडीको जाम पार गरेर निकै पर पुगे पछि सोधे । सुनन …माया गर्नु पाप हैन नि ? कि तिमिलाइ कस्तो लाग्छ ? मैले उस्को मनको कुरा बुझन कुरा घुमाउदै सोधे ।
उस्ले भनी …पाप हैन तर एउटा हुदा हुँदै अर्कोलाइ अङ्गाल्नु पाप हो । तड्पनमा नै प्रेमले गाढा बन्ने बाटो भेटेको होला त्यसैले त उ अरु कसैको हो भन्ने थाहा हुदा हुँदै पनि झन माया लाग्छ साचो मायामा घृणा गर्नै सकिँदैन ।
उस्को जबाफले मलाई उस्को बिगत सम्म पुग्ने बाताबरण मिल्दै थियो । अनि पहिले कोहिसग रिलेसनसीप मा थियौं तिमी ? केही नसोची सोधी हाले । उस्ले मेरो हातबाट आफ्नो हात हटाउदै भनी ।

” उ पनि धरानमा नै बस्ने भएकोले हाम्रो चीनजान राम्रोसग भइसकेको थियो । मैले आफुलाइ भन्दा बढी माया गर्थे । उसग बोलेको छ महिना भित्रमा हाम्रो भेट दुई पटक भएको थियो । जब उ पढाइको सिलसिलामा अमेरिका जाने भयो । त्यो बेला मैले रोक्नै सकिन प्रेममा परेपछि उस्को खुसी मात्र हेरिदो रहेछ । चहाना नहुदा नहुदै पनि उसलाइ अमेरिकाको लागि बिराटनगरको एयरपोर्ट सम्म छोड्न गए ।

म उसग छुट्दा जति दुखि थिए । उ पनि त्यति नै दुखी थियो । तर छुट्नु भन्दा अरु विकल्प केही थिएन । हामी टाढा भए पनि याद र माया सदैब साथमै हुन्थियो । कहिले प्रेम उ बाहेक अरुसग गर्छु जस्तो लागेन । उ अमेरिका पुगे पछि पहिले जस्तो कुरा हुन छोड्यो । यहाँ रात हुदा उता बिहान हुन्थियो । हामी बिचमा कुराहरु पातलिदै गयो ।

तर मैले माया आफुलाइ भन्दा बढि गरिरहे । यसरी नै आठ महिना बित्यो । घरीघरी फोनमा कुरा भए पनि
उ स-सानो कुरालाइ लिएर रिसाउने गर्थि । मैले आफ्नो गल्ती नहुदा पनि सरि भन्ने गर्थे । किन कि मलाई हाम्रो सम्बन्ध जोगाउनु थियो मन देखि गरेको मायामा बिना गल्ती झुक्नु स्वाभाविक नै ठानेको थिए । एक दिन म खाना बनाउन किचनमा ब्यास्त थिए । फोन कोठामै थियो । पाँच चोटि फोन आएछ मैले थाहा नै पाइन । त्यही कुरालाई लिएर उ रिसाइ रहयो । मैले धेरै पटक फकाउने कोशिस गरे तर उस्ले मलाई अरु नै पाएछौ भनेर रिसाइ रहयो यसै गरेर केही दिन बित्यो ।
एक दिन उसलाई स्काइपमा अनलाइन देखे । हतार म्यासेज पठाए तर रिप्लाई आएन । म्यासेज सिन भयो तर उसले कुनै प्रतिक्रिया दिएन । भोलि पल्ट पनि म्यासेज गरे । तर मलाई ब्लक गरि सकेको रहेछ । उस्ले मलाई मनबाट हटाइ सकेको रहेछ । मैले यहि नै बुझे ।

तर मैले आज सम्म भुल्न सकेको छैन । उस्को याद आइरहन्छ । मेरै लागि फर्किन्छ एक दिन यहि सोचेर बसेको छु ” जब तिमिलाइ भेटे त्यो बेला देखि उस्को याद कम हुन थालेको छ । हुन त म स्वार्थी हु । मैले उस्लाइ भुल्न तिमिलाइ प्रयोग गर्दै छु । त्यसको लागि मलाई माफ गरि देउ सन्देश ….

उस्को कुरा सुनेर झन माया लागेर आयो । अरु कसैलाई भुल्न मलाई प्रयोग मात्र गरेकी हु भन्दा मनमा कति पीडा भयो त्यो पलमा आफुलाइ जसो तसो समाले । उ आफै मुस्कुराउदै बोली । अनि तिमिलाइ मसग हिड्दा दिक्क लागेको त छैन नि ? फेरि उस्को कुराले मनमै बिझ्यो । छैन किन दिक्क लाग्नु र , यति भनेर केही बोलिन ।
तर उ खुसी देखिन्थी ।

हिड्दै गर्दा वरिपरिको हरेक कुरा देखाउन पनि छोड्दिन थिइ । म भने जबर्जस्ति खुसीहरु ओठ सम्म ल्याइरहेको थिए । उ हस्पिटल भित्र प्रवेश गर्दै भनी यहाँ एक एक सेकेन्डको महत्त्व हुन्छ । मैले टाउको हल्लएर उस्को कुरालाई प्रतिक्रिया जनाइ रहेको थिए । हस्पिटलको गेट बाहिरबाटै बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान लेखिएको कुरा निहाल्दै भित्र पसे । सन् 1993 मा स्थापना भएको पुर्बको ठूलो क्षेत्रफल ओगटेको हस्पिटल भनेर चिनिदो रहेछ । यहाँ एमबिबिएस ,नर्सिङ ,इन्जिनियर र दन्त चिकित्सा लगायत धेरै विषयको अध्यान हुने कुरा उसैले बताइ । मैले उस्को जति नै ख्याल बोल्ने शब्दमा पनि पुर्याइ रहेको थिए । त्यहाँको बाताबरण मलाइ साच्चै रमाइलो लागि रहेको थियो ।
हस्पिटल यस्तो चिज हो । हजारौको जन्म भुमी हो भने । हजारौंको चिहान … जन्म र मृत्युको क्रम चलिरहने ठाउँ हो हस्पिटल … भगवानको दोस्रो रुप हुन डाक्टर , जस्ले मृत्युबाट पनि बचाउन सक्छ ।

साथमा मैले मनै देखि चाहेको मान्छे हुदा , अनि त्यो बाताबरणमा सुहाउने हामी दुइजनाको जोडि असाध्यै देखिएको थियो ।

जिबनमा भएको पिडाहरु पनि सबै बसाइँ सरि टाढा भागे झै भएको थियो । बेलुकाको समय लगभग पाच बज्ने बेलामा हामी बसपार्क फर्किसकेका थियौ । प्राप्ती आफैले टिकटको ब्याबस्था गरि । म होटेल गए ।कपडा लिएर चेटआउट गरे अनि फेरि बसपार्क नै फर्किए । प्राप्ती मलाई नै मायालु स्वाभबले हेरि रहेकी थिइन । सायद उस्ले मलाई नजाउ भन्न सकेकी थिइन । म त्यो आखाको भाब सजिलै बुझ्न सक्थे उ साझ परे पनि मसगै छुट्ने कुरा गरि । मलाई किन किन छोडेर जाने मन नै थिएन । उसलाई पनि छुट्दा पीडा भएको हुदो हो । गाडी हिड्ने बेला भइ सकेको थियो । सबैलाइ गाडी भित्र बस्न अनुरोध गर्दै गर्दा उ मेरो अङ्गालोमा आएर जोडले हक गरि । म पनि के कम उसैगरी आफ्नो अङ्गालोमा कसे ।

हामी बिचमा हावा पनि ओहोरदोहोर गर्न सक्दैनथ्यो । उस्ले अङ्गालोबाट छुटिदै भनी, राम्रोसग जानु बिर्सिने होइन नि फेरि । कसम कहिले भुल्ने छुइन । तिमिलाइ मेरो बाचा भयो । उ मुसुक्क हासी । अनि म गाडी भित्र पसे । मैले बाइको हात हल्लाउदै थिए । उ भावुक थिइ । गाडीले घुम्ती मोडेर उस्लाइ छेलिहाल्यो । आउदा जति खुसी थिए । फर्किदा त्यो भन्दा बढी दुखी थिए । उस्को अङ्गालोको स्पर्शले मनमा काउकुती लागि रहेको थियो । यतिकैमा म्यासेज आयो आइ मिस यु सन्देश ! सुभयात्रा ..

क्रमशः,,,

बाकि अंस अर्को भाग मा

लेखक: लाक्पा कुमारी शेर्पा

अडियो भिडियो सुन्न र हेर्नको लागि तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०६-२१ , समय : ००:१५:१७ , १ वर्ष अगाडि