Salyan Paribesh , ४६७ पटक हेरिएको

सल्यान / असार,७ माडी गाउँपालिका -५ भाबाङ बाङ्गमाका माेहन वलीका १३ वर्षीय छाेरा जयराम वली रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ।
त्यी किशाेर आइतबार साँझदेखि परिवारकाे सम्पर्क बिहिन रहेकाले परिवार सहित स्थानीयले खोजतलास गर्दा सोमबार बिहान ८ बजेतिर घरदेखि अन्दाजी ५० मिटर टाढा भिमलकाे रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
घटनापछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी टाेलिले घटनास्थलकाे प्रारम्भिक अनुगमन गरि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाएको र आत्महत्याकाे कारण नखुलेकाले उनको बुवा वैदेशिक राेजगारमा रहेकाे हुदा घटना बारे आमा संग साेधपुछ गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जिसीले बताए।
प्रकाशित मिति: २०२२-०६-२१ , समय : ००:५८:२८ , ९ महिना अगाडि