Salyan Paribesh , ८२५ पटक हेरिएको

मिठा मिठा कुरा गर्दै बसेका थियौ हामी,, लाग्थ्यो आज जिन्दगी किन यति मिठो लाग्दै छ समय चाडै बित्दै थियोे मिजन मेहा दुई नै गफ गरेर बसेको समय छोटो लाग्दै थियोे ।
मेहा : मैले हजुर को घर कहाँ हो ।
मिजन : मेरो घर पुर्ब हो म यता जागिर को सिलसिला मा यहाँ आएको हु म यहाँ बस्न थालेको पाच महिना भयो ,, म पल्लो गाउँ मा बस्छु अब जादै छु यक महिना पछी घरमा कि जानू हुन्छ म सङ्ग ?।
मेहा: आफ्नो मुटु घर जाने शब्द ले निराश हुदै भने ,, म जादिन हजुर पछी लिन आउनुस नि है,, फ़ेरि धोका दिनु हुन्छ कि हेर्नुस मिजन न जित्नु थियो मन मेरो जिति सक्नु भयो अब घात कहिलै न गर्नुस है ,, भन्दै आँखा भरी आँसु बरर झरन थाले ।
मिजन : किन लाग्छ हजुर लाई त्यस्तो मेहा ?? म किन घात गर्नु हजुर लाई बरु छोरी मान्छे को मन न हो कतै म भन्दा राम्रो मान्छे आयो भने हजुर पो परिबर्तन हुने होकि ।
मेहा: म हास्दै उम हो,, हजुर घर जादा बितिकै यता मेरो बिहे हुने छ अनि भोज खान आउनुस है ।
मिजन : मलाई बिश्वास छ यस्तो हुने छैन मलाई धोका दिनु भयो भने म त कहिले पनि खुशी हुने छैन मेहा।
मेहा: जब माया गरिन्छ भने धोका किन दिनु हजुर सायद हुदैन यस्तो ढुक्क हुनुस ल अब म घर जान्छु ढिलो भयो धेरै ।
मिजन : हुन्छ मेहा म फोन गर्छु अनि म घर जादा भेट्ने है
मेहा: हुन्छ अहिले जानुस म पनि जान्छु भन्दै हामी आआफ्नो गन्तव्य तिर लाग्छौ खै किन किन आज धेरै खुशी को दिन र महसुस भएको जस्तो भएको थियोे मलाई म घरमा पुगे अनि खाना खान मन पनि लागेन सिदै आफ्नो काम तिर गए मुबायल मा फोन आयो म फोन उठाए
उता बाट मिजन बोल्न थाल्नु भयो कहाँ हुनुहुन्छ मेहा घरमा पुग्नु भयो ।
मेहा: हजुर पुगे अहिलेसम्म पुगिदैन त ? अनि हजुर पुग्नु भएको छैन र ।
मिजन : म पनि भर्खरै आईपुगेको मेहा आईपुग्दा बितिकै मैले हजुर लाई फोन गरेको नि,, अनि खाना खानु भयो ।
मेहा: ल्या मलाई त भोग लागेको छैन म त दाउरा लिन बारी आएको छु अनि हजुर ले नि खाना खानु भयो ।
मिजन : नाई छैन तर हजुर ले किन न खानु भएको नि खाना त खान पर्छ नि लाटी ।
मेहा : मलाई मन छैन खान भोक नै लागेको छैन त्यसैले हो हजुर अरु केही होइन । अनि केछ हजुर को खबर सन्चै हुनुहुन्छ नि ।
मिजन : हजुर साथमा हुनु हुदैन जिन्दगी भारी भैरहेको छ परी ।
मेहा: बोल्न सकिन किन कि बोल्न सक्ने छेमता नै हराएको थियोे,, तर पनि बोल्ने हिम्मत लिदै भन्न थाले
केही बर्ष को कुरा न हो किन यस्तो भन्नू हुन्छ अझै जिन्दगी मा धेरै कुरा सिक्नु छ
मिजन : हो हुन्त तर पनि खै मन न हो हतार लाग्दो रहेछ
मेहा: सबै कुरा हतार ले कहाँ हुन्छ र हजुर म सानी छु ,, उमेर मेरो सानो छ नया ठाउँ नौलो ठाउमा म कहाँ काम गर्न सक्नु ,,भन्नुस त त्यहीँ पनि सासू ससुरा लाई काम ले रुझाउन सक्नु परेयो ।
मिजन : सबै को सासू ससुरा एउटै कहाँ हुन्छन् र परी ,, फ़ेरि मेरो बुवा आमा अरु जस्तो हुनु हुदैन तिमी लाई छोरी जस्तै माया गरेर राख्नु हुने छ अनि मेरो दिदी तिम्रो आमाजु दिदी कैले बन्नु हुने छैन आफ्नो बहिनी को रुप मा हेर्नू हुनेछ तिमी लाई धेरै खुशी लाग्ने छ ।
मेहा: म खुशी हुन्छु हो मलाई पनि यस्तै मन पर्छ म पनि कैले आमाजु को रुप लिने छैन र सासू ससुरा लाइ आफ्नै आमा बुवा सोच्ने छु ।
मिजन : मलाई थाहा छ तिमी यस्तै सोच्ने छौ परी ,, साझ फोन गर्छु अब काम छ मेरो थोरै राख्छु अनि धेरै सम्झेको छु ल तिमी लाई ।
म हुन्छ भन्दै फोन राखेर घाँस कात्न थाले खै किन मलाई लाग्थ्यो दुनियाँमा खुशी मान्छे छ भने त्यो म मात्रै हु यस्तो लाग्थ्यो मलाई
बुवा घरमा रक्सी खाने आमा सङ्ग झगडा गर्ने सधैं यस्तै गर्नु हुन्थ्यो न चाड पर्व रमाइलो सङ्ग मनाउन पाउथयौ न खाना सान्ती ले हर दिन हरु त यसैगरी नै बित्ने गर्थ्यो ।
सायद त्यहीँ भएर होला मलाई टाढा बिहे गरेर जान मन लाग्थ्यो ताकी मेरो बुवा लाई छोरी को अभाव होस अनि टाढा को ज्वाइँ आउदा बुवा रक्सी खानु हुदैन कि राम्रो हुन्छ होला,, म यहीँ सोच्ने गर्थे दिन हरु बित्दै गयो ।
मिजन ले दिन मा 5 चोटी फोन गर्नु हुन्थ्यो राती हामी 12 बजे सम्म बोल्ने गर्थ्यौ तर मिजन नराम्रो शब्द एक शब्द पनि बोल्ने गर्नु हुन्थेन त्यसैले लाग्ने गर्थ्यौ मैले साचो माया पाएकी छु जिन्दगीभर खुशी हुने छु ।
दिन हरु महिना हरु बित्दै गए मुबायल मा रिचार्ज उहाले नै गर्नु हुन्थ्यो म फोन मा अरु कसै सङ्ग बोल्थिन बरु नया नया रिङ्ग बाय्क्टोन हाल्ने गर्थें 4 वटा सम्म
मिजन ले पनि कैले सोध्नु भएन कि किन पैसा काट्छ कति ब्याकटोन राखेको ई शब्द हरु आएन उहाँ बाट बोल्दै गर्दा बोलेको एक बर्ष भएछ पत्तै भएन त्यही एक बर्ष को समय मा अनेकौं दुख हरु त सहन परेको थियोे मलाई किन कि घरमा हामी धनी थिएनौ अर्का को काम गरेर एक छाक खानुपर्थेयो हामी लाई म सोच्ने गर्थें म जसरी पनि मेरो बुबा आमा लाई खुशी पार्ने छु
क्रमशः,,,
बाकि अंस अर्को भाग मा
लेखक: मालती मगर
अडियो भिडियो सुन्न र हेर्नको लागि तल क्लिक गर्नुस
प्रकाशित मिति: २०२२-०६-२२ , समय : ०१:१५:२७ , १ वर्ष अगाडि