जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी सुर्खेतमा दुर्घटना हुँदा ,एकको मृत्यु ।

Salyan Paribesh , १०६६  पटक हेरिएको

असार ०८ सुर्खेत ।सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासे नजिकै अन्दाजी ४ बजे दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयो । उहाकाअनुसार दुर्घटनामा एक जनाको मृत्यु भएपनि उहाको पहिचान खुलेको छैन । दुर्घटनामा चार जना घाइते छन् ।

उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्य एकजनाको अवस्था गम्भिर रहेको जनाइएको छ । गाडीमा सवार एकजना बालक पनि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १८:५०:२५ , १ वर्ष अगाडि