जिवनको कथा : जिन्दगी दुई दिनको मात्र हो,कति खेर सकिन्छ सकिन्छ न तिमिलाई थाहा छ न त मलाई थाहा छ

Salyan Paribesh , ९३३  पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट ।मैले मेरो आफ्नो जिवनको कथा यसरी लेखेको छु।बास्तबमा लेख्ने हो भने जीवन एउटा दुख अनि पिडाले भरिएको हुन्छ र त्यसैमा मान्छेले खुसी पाउने आसमा सधै संघर्षको साथमा लागि परि रहेको हुन्छन् । उनिहरु यो चाहन्छन कि भोलिको दिन आउछ भनेर धेरै मिठा मिठा सपनाहरु बुनेर सुति रहेको हुन्छ तर कहिले काहीं यस्तै मिठा मिठा सपना सजाएर सुतेको धेरै मान्छे सुतेको सुतेई भएको छन्।अबसर यो समयले मान्छेलाई धोका दिने गर्छ तर मान्छे भन्छन उसले मलाई धोका दियो बिश्वास घाती हो भनेर सरापछन।

जिन्दगी दुई दिनको मात्र हो,कति खेर सकिन्छ सकिन्छ न तिमिलाई थाहा छ न त मलाई थाहा छ।त्यसैले भन्ने गर्छु संगै भएर साटौ यी हजारौं दुख पिडाहरु तर यहि जिन्दगी बनाउनको लागि छुट्टीएर बस्नु परेको छ।आफ्नै मुटुको एक भाग लाग्ने जीवन संगिनी कति प्यारा शब्द छन।जिवनको हरेक मोडमा संगै यात्रा गर्ने ठेस लाग्दा उठाउने हात समाउने मान्छे संग संगै हुन नपाउदा एक्लै हुदा महसुस हुन्छ माया के रैछ।संगै हुदा प्रेम गरे झै लाग्दैन झगडा गर्ने रिसाउने दुखी बनाउने केही छिन पछि फेरि फकाउने त्यहीँ थियो संगै हुदाको प्रेम तर आज धेरै याद आइरहेछ कान्छु।झल्कोले सताइरहेछ पलपल कान्छू। म भौतारिन्छु तिमिलाई खोज्दै आफू बसेको कोठामा कति खेर सुत्छु फेरि उठछु।तिम्रै मात्र झल्को छ यी आखामा तिमि आउछेउकी भन्दै बाटो कुरेर बस्छु।जब साझ पर्न थाल्छ झन यादले दबाउछ,टाढा छु अब त म घर गएपनी पुग्दिना आजको रातपनी एक्लै छट्पटीमा बिताउनु पर्ने भन्दै अस्ताउदै गरेको घामलाई हेरै आँखा बाट दुई थोपा आँसु खसेको पत्तै पाउदिना।

जीवन के रैछ र?कान्छू एक्लै भएर सोच्दा थाहा हुदो रैछ।जीवन केही पनि हैन रैछ आफुले आफैलाई मरेको पल हुन्छ कान्छु।एक दिन मरेर धर्ती छोडेर जानू पर्ने छ त्यहीँ मंसण घाटमा दाउरामा शरीर जलेर खरानी हुने छ।त्यसपछि न तिमी हुने छौ न त म तिम्रो साथमा भाग्यको लेखा रैछ कान्छु।कहाँ पुर्याउने रैछ रैछ यो समयले मलाई रुवाएर एक्लो फिल बनाउदै छ।एक्लै हुदा मात्र यी सबै कुरा हुन मनमा खेलेका मन पनि अचम्मको छ।गरिबिले तिमी देखि टाढा बनाएर राखेको छ।सपना छ धेरै पैसा कमाउने तिमी संगै रमाएर बस्ने तर मलाई यो दिन कहिले आउला भन्दै एक्लै भएर कयौं दिन कयौ रात बितेका छन खै अहिले सम्म पनि यो दिन आएकै छैन।अब म तिमी संगै हुने छु कान्छू तिम्ले नखोज्नु है महगो लुगा सुन चादी हिरा मीठो खान बाजो बारी खनेर उब्जाएको ढिडो सिस्नो खाएर रमाउला झुपडीमा बसौला म एक्लै यो बिरानो ठाउमा बसेर पैसा कमाउने सोच्मा आफ्नो बैँस जोवन गुमाउदिन कान्छु।धेरै सम्झना अनि मन भित्रको माया तिम्रो लागि छ मात्र केबल तिम्रो लागि छ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १९:०३:१३ , ८ महिना अगाडि