माबि कोटखोला भबन उद्घाटन हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न

Salyan Paribesh , ८०३  पटक हेरिएको

सुर्खेत/ असार, ९- हुम बहादुर कार्की
असार ९ गोर्खा वेलफेयर ट्रस को आर्थिक तथा प्राबिधिक सहयोगमा र जन ज्ञान भण्डार मा बि कोटखोला गुर्भाकोट २ मालारानी सुर्खेतको आयोजनामा उक्त्त तीन कोठे भबन उद्घाटन हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो !
कार्यक्रम नगर प्रमुख हस्त पुन को प्रमुख अतिथ्ययमा भएको थियो ! कार्यक्रम लाई सम्बोधन तथा धन्यवाद दिदै प्रमुख अतिथी पुनले बिधालय का भौतिक पुर्बाधार को बिकास गर्दै शैक्षिक गुणस्तर लाई पनि सङ्गै अगाडि बढाउदै बिद्यालयका आबस्यक माग परिपुर्ति गर्न का लागि आगामी दिनहरुमा पनि लागि पर्ने बताउनु भएको थियो !

यसैगरि बिब्यस अध्यक्ष प्रकाश डिसिको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ! उहाले बिध्यालयका भौतिक पुर्बाधारमा बिकासमा सहयोग गर्ने संघसस्था निकाय लगायत अग्रज ब्यत्तित्वहरु प्रती धन्यवाद दिदै आगामी दिनहरुमा आबस्यक कार्यहरु का लागि विभिन्न निकाय बाट समन्वय गरि अगाडि बढ्ने अध्यक्ष डिसिले बताउनु भएको थियो !

बिशिस्ट अतिथी गोर्खा वेलफेयर ट्रसका प्रमुख कोष बहादुर गुरुङ्गले गोर्खा वेलफेयर ट्रस बारे जानकारी दिदै उक्त भबन हस्तान्तरण गर्नु भएको थियो र आगामी दिनहरुमा पनि बिद्य्यालय प्रती सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो !
कार्यक्रम लाई स्वागत गर्दै बिद्यालयका प्राध्यापक गङ्ग प्रसाद भट्टले सस्था प्रती धन्यवाद ज्ञापन तथा स्वागत गर्दै बिध्यालय को बारेमा जानकारी दिदै सदैब यस सस्था प्रती साथ र्सहयोग को अपेक्षा गर्ने बताउनु भएको छ !

कार्यक्रममा वडा जनप्रतिनिधिहरु समाजसेबी शिक्षक शिक्षिका लगायत विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो !
कार्यक्रम सन्चालन शिक्षक दिनेस शर्माले गर्नु भएको थियो भने कार्यक्रम सुरुवातमा ब्यानर शिलान्यास र रिबन काटेर प्रमुख अतिथी हस्त पुनले गर्नु भएको थियो !

प्रकाशित मिति: २०२२-०६-२३ , समय : २०:४६:४५ , १ वर्ष अगाडि