Salyan Paribesh , ५५१ पटक हेरिएको

बिबश रसाइली
साउदी अरेबिया माघ १५
वैदेशिक रोजगारमा गएका गोरखाका एक युवक विगतआठ वर्षदेखि साउदीमा बेपत्ता भएका छ्न। गोरखा नगरपालिका वडा नम्बर ४ फिनाम बस्ने आबिद मिया नाम गरेको युवक आठ वर्ष देखि बेपत्ता भएपछि युवकका घर परिवार चिन्तिज भएका छ्न।
नेपालमा रोजगारिको बाटो नभएपछि वैदेशिक रोजगारको लागि साउदी अरब पुगेका थिए ।
पाँच वर्षसम्म घर परिवार सङ्ग फोनमा कुरा कानी हुने र पैसा पठाउने गर्थें र अहिले तीन वर्ष भैइसक्यो अत्तो पत्तो नभएको युवकका बुवाले सल्यान परिवेश लाइ जानकारी दिनुभएको छ।
आर्थिक अवस्थामा सुधार ल्याउन आमा बुबा र श्रीमतिको भविष्य अज्ज्वल पार्ने सपना बुन्दै श्रीमान लाई बिदेश पठाएकि श्रीमति , श्रीमान पाँच बर्ष सम्म घर नआएपछि अर्कै विवाह गरिसकेकी छिन ।
बेपत्ता युवक २०७० सालमा रोजगारी लागि साउदी रियाद नौफा वाटर कम्पनीमा आएका थिए ।अहिले सम्म कहि कतै बाट सम्पर्कमा नआएपछि युवकका बुवाले नेपाली राजदूतावास तथा साउदीमा रहेका संघ संस्थालाइ खोजी कार्य गरिदिन समेत आग्रह गरेका छ्न।
प्रकाशित मिति: २०२२-०१-२९ , समय : ०५:१२:५३ , १ वर्ष अगाडि